५ आश्विन २०८१ शनिबार
image/svg+xml

डी भिलियर्सको कीर्तिमान

कप्तान एबी डी भिलियर्सले कीर्तिमान बनाएको दिन शनिबार दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा १ सय ५९ रनको जित हासिल गरेको छ। जितसँगै दक्षिण अफ्रिका ५ खेलको शृंखलामा २–१ को अग्रतामा छ।

बंगलादेशविरुद्ध कीर्तिमानको ओहिरो

उच्च लयमा रहेका कप्तान विराट कोहलीले अर्को दोहोरो शतक पूरा गर्दा शुक्रबार भारतले बंगलादेशविरुद्ध हैदराबादमा जारी टेस्टको दोस्रो दिन कीर्तिमानी योगफल खडा गरेको छ। लगातार ४ शृंखलामा दोहोरो शतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका कोहलीले २ सय ४ रन बनाए। भारतले ६ सय ८७ रनमा इनिङ समाप्तीको घोषणा गर्दा ३ ब्याट्सम्यानले शतक पूरा गरे।

सुनीलको कीर्तिमानी प्रदर्शन

सुनील थापा मगरले कीर्तिमानी प्रदर्शन गर्नाका बावजुद शनिबार नेपाल दोस्रो दृष्टिबिहिन ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ। जारी प्रतियोगितामा यो नेपालको चौथो हार हो।

फेडेररको कीर्तिमानी पुनरागमन

धेरैले सोचेका थिए की रोजर फेडेररले अब ग्रान्डस्लामको उपाधि जित्न सक्दैनन्। तर, आफ्नो ढल्किदो उमेरका बाबजुद फेडेररले आइतबार अस्ट्रेलियन ओपन फाइनलमा राफेल नाडाललाई हराउँदै कीर्तिमानी १८ औं ग्रान्डस्लामको उपाधि उचालेका हुन्।

पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत भारोत्तोलनका विभिन्न प्रतिस्पर्धाको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। राजविराजमा चार दिन भएको भारोत्तोलन प्रतिस्पर्धामा दैनिक नयाँ राष्ट्रिय कीर्तिमान बने।

बेलको कीर्तिमानी गोलका बाबजुद रियल मड्रिड बराबरीमा

च्यम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र प्रिमियर लिग विजेता टोली लेस्टर सिटी आ–आफ्नो खेलमा बराबरीमा रोकिएका छन्।

दक्षिण अफ्रिकाकाे कीर्तिमानी जित

डेविड मिल्नरको शतकप्रेरित दक्षिण अफ्रिकाले बुधबार एकदिवसीय क्रिकेटकै दोस्रो उच्च विजय लक्ष्य पुरा गर्नेक्रममा अस्ट्रेलियामाथि ४ विकेटको विजय पाएको छ ।

भूमि च्याम्पियन, कान्छीमायाको कीर्तिमान

भूमिराज राई र कान्छीमाया कोजुलेशनिबार राजधानीमा काठमाडौं म्याराथनकोउपाधि जितेका छन्। १०औं संस्करणमा विजेताबन्दा कान्छीमायाले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। महिलातर्फ उनले २ घन्टा ५५ मिनेट ५७ सेकेन्डमा म्याराथन दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।

निहारिकाले राखिन् राष्ट्रिय कीर्तिमान

निहारिका तुलाधरले शुक्रबार सुरु एनएसए पौडी प्रतियोगिताकोमहिला ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छन्। निहारिकाले निर्धारित दुरी ३८.६ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको कीर्तिमान उछिनेकी हुन्।

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

अस्ट्रेलियाले टी—२० क्रिकेटमा उच्च स्कोरको नयाँ कीर्तिमान बनाएको छ। श्रीलङ्का भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीविरुद्धको पहिलो टी—२० खेलमा २ सय ६३ रन बनाउँदै नयाँ कीर्तिमान बनाएको हो।

मोवाइल नेटवर्क इन्टनेट स्पिडमा नयाँ विश्व कीर्तिमान

फिनल्याण्डको एक मोावइल नेटवर्क कम्पनीले विश्वको सवै भन्दा दु्रत गतिको फोर जी मोवाइल इन्टरनेट स्पिडको नयाँ विश्व कीर्तिमान राखेको छ।

इङ्ल्यान्डको कीर्तिमानी प्रदर्शन

एलेक्स हल्सको १ सय ७१ रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ। इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन्।

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

पाकिस्तानविरुद्धको तेस्रो एक दिवसीय खेलमा इङल्याण्डले ४ सय ४४ रनको योगफल बनाउदै नयाँ विश्व कीर्तिमान बनाएको छ। उक्त खेलमा इङल्याण्डले पाकिस्तानलाई १ यस ६९ रनले पराजित गरेका छ। पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभमा ३ विकेट गुमाउदै ४ सय ४४ रनको योगफल बनाएको थियो जुन एक दिवसीय एतिहासकै सर्वाधिक उच्च योगफल हो ।

सरस्वतीले तोडिन् २६ वर्षअघि कीर्तिमान

रियो ओलम्पिक जानुअघि सरस्वती भट्टराईको दुईवटा लक्ष्य थियो। ‘राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’ उनले रियो तयारीका क्रममा भनेकी थिइन्, ‘त्यो सकिन भने आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु।’ उनी पहिलो लक्ष्यमै सफल भएर फर्कंदैछिन्। १५ सय मिटर दौडमा उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन्।

फेल्पसको कीर्तिमान

पौडी स्टार माइकल फेल्पसले बुधबार ओलम्पिकमा २० औं स्वर्ण पदक नाटकीय रूपमा जितेका छन्। पौडीमा ऐतिहासिक सफलता हासिल गरिसकेको माइकलले रियोमा स्वर्ण जित्नु अघि छोरा बुमेरलाई चुम्बन गरेका थिए। त्यसपछि उनले ओलम्पिकमा २१ औं स्वर्ण जित्दै कीर्तिमान बनाएका छन्। उनी ओलम्पिकमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्