ट्रुकु –फिनल्याण्डको एक मोावइल नेटवर्क कम्पनीले विश्वको सवै भन्दा दु्रत गतिको फोर जी मोवाइल इन्टरनेट स्पिडको नयाँ विश्व कीर्तिमान राखेको छ। एलिसा नामक उक्त मोवाइल नेटवर्क कम्पनीले आफूहरुले चाइनिज मोावइल कम्पनी हुवाइसँगको सहकार्यमा गरेको एक परिक्षणमा प्रति सेकेण्ड १.९ जीबीको स्पिड हासिल गरेको जनाएको छ। उक्त स्पिड विश्वमा भएका मोवाइल इन्टनेट स्पिड भन्दा ६ गुणा धेरै हो र अहिले सम्मकै उच्च गति भएको इन्टनेट स्पिड हो।
हाल विश्वमा प्रयोग भैरहेको मोबाइल नेटवर्क इन्टनेट स्पिड प्रति सेकेण्ड ३ सय एमबिको रहेको छ। कम्पनीले आफूहरुको फोर जी मोवाइल नेटवोर्क इन्टरनेटको प्रयोगबाट प्रयोगकर्ताले एउटा ब्लु रे फिल्म मात्र ४४ सेकेण्डमा डाउनलोड गर्न सकिने दाबी गरेको छ।
बीबीसीसँग कुरा गर्दै एलिसाका सिइओले अबको एक दुई वर्षमा नै फिनल्याण्डमा १ जिबीपीएसको स्पिड भएको नेटर्वक सुरु गर्ने योजना हरेको बताए।
प्रकाशित: १६ भाद्र २०७३ ०७:१४ बिहीबार