५ आश्विन २०८१ शनिबार
image/svg+xml

क्रिकेटमा कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका किशोर लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको टोलीबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को उच्च उडान सुरु गरेयता सबैको ध्यान उनैतर्फ छ ।

कामीरिताको २२ औं पटकको कीर्तिमानी आरोहण

आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् ।

सिटीसामु थप कीर्तिमान रच्ने अवसर

इङ्लिस प्रिमियर लिगमा पाँच खेल बाँकी छँदै उपाधि जितेको म्यानचेस्टर सिटीसामु थप कीर्तिमान रच्ने अवसर जुरेको छ।

तारादेवीद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

विभागीय टोली नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा बिहीबार सुधार गरेकी छिन्।

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

विभागीय टोली नेपाल पुलिसकी संगीता राईले बुधबारबाट काठमाडौं जारी प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा १२ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

अस्ट्रेलियाको कीर्तिमानी जित

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा कीर्तिमानी रनको लक्ष्य पूरा गर्ने क्रममा शुक्रबार क्रिकोणात्मक शृंखलाको पाँचौं खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको छ।

रोयको कीर्तिमानमा इङ्ल्यान्ड विजयी

ओपनर जसन रोएले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रनको व्यक्तिगत कीर्तिमान बनाउँदा इङ्ल्यान्डले आइतबार अस्टेलियाविरुद्धको पहिलो एकदिवसीय खेल ५ विकेटले जितेको छ ।

टोटेनह्याममा केनको कीर्तिमान

ह्यारी केनले अर्को कोसेढुंगा स्थापना गरेको दिन टोटेनह्यामले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ४–० को नतिजा निकालेको छ । वेम्बली रंगशालामा २ गोल गरेसँगै केन टोटेनह्यामबाट प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

दिनेश र पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत शुक्रबार सम्पन्न २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा झण्डै दुई दशक पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

बाह्र वर्षअघिको कीर्तिमानमा सुधार

नेपाल प्रहरीकी संगीता राईले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । ४८ केजी तौलसमूहको क्लिन एन्ड जर्कमा राईले ६६ केजी भार उठाई नीता थापाको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कुकको कीर्तिमानी दोहोरो शतक

एलेस्टर कुकको कीर्तिमानी दोहोरो शतकप्रेरित इङ्ल्यान्डले बिहीबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट पूर्ण नियन्त्रणमा लिएको छ । तेस्रो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ४९१–९ मा खेलिरहेको छ र टोलीले १ सय ६४ रनको अग्रता लिइसकेको छ । कुक अविजित २ सय ४४ रनमा खेलिरहेका छन् । ४ सय ९ बल खेलेका कुकले २२ चौका प्रहार गरे ।

भर्जिल कीर्तिमानी रकममा लिभरपुल जाने

विश्व कीर्तिमानी रकममा इङ्लिस क्लव साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक अर्को इङ्लिस क्लव लिभरपुल जाने तय भएको छ  ।

केनको कीर्तिमान

ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा एक वर्षमा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको दिन मंगलबार टोटेनह्यामले साउथह्याम्पटनमाथि ५–२ को सहज विजय हासिल गरेको छ । घरेलु मैदान वेम्बलीमा २२औं मिनेटमा हेडबाट गोल गर्दै टोटेनह्यामलाई अग्रता दिएका थिए ।

कीर्तिमानमा भन्दा प्रदर्शनमा ध्यान

आफ्नो दक्षिण अफ्रिकाका सर्वकालीन विकेट लिने खेलाडी बन्ने उपलब्धिमा ध्यान केन्द्रित नभएको तीव्र गतिका बलर डेल स्टेनले बुधबार बताएका छन् । दक्षिण अफ्रिकाले एबी डी भिलियर्ससँगै स्टेनलाई पनि डिसेम्बर २६ बाट सुरु हुने जिम्बावेविरुद्धको एक मात्र दिवा–रात्रि टेस्टका लागि टोलीमा फिर्ता बोलाएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्