५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भर्जिल कीर्तिमानी रकममा लिभरपुल जाने

लिभरपुल– विश्व कीर्तिमानी रकममा इङ्लिस क्लब साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक अर्को इङ्लिस क्लव लिभरपुल जाने तय भएको छ। 

लिभरपुल भान डिकलाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गर्न तयार भएको खबर सार्वजनिक भएको छ । नेदरल्याण्डका २६ वर्षीय भर्जिल जनवरीमा ट्रान्सफर विण्डो खुले लगत्तै कीर्तिमानी रकममा लिभरपुल जाने पक्का भएको हो। 

जनवरी १ मा भान डिकको अनुबन्ध सम्झौता भएमा उनी विश्वकौ महंगा डिफेन्डर बन्नेछन् । अहिले बिश्वका महंगा डिफेन्डर म्यानचेस्टर सिटीका बेन्जामिन मेण्डी छन् । 

भर्जिल भान डिकको टोली साउथह्यामटन अहिले प्रिमियर लिग फुटबलको १४ औं स्थानमा छ भने उनी जान लागेको क्लब लिभरपुल लिगको चौंथो स्थानमा छ।

 

प्रकाशित: १३ पुस २०७४ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App