१० मंसिर २०८१ सोमबार
image/svg+xml

पार्क निर्माण सम्झौता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा १४ करोड लागतमा एलम्बर पार्क निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भएको छ। डिपिआर तयार पारिएको केही समयपछि पार्क निर्माण गर्न नगरपालिका र प्रदेश १ बीच सम्झौता भएको हो।

दूधमा असल उत्पादन अभ्यास लागू गरिदैँ

पनौती नगरपालिकाले दुग्ध शृंखला (भ्यालु चेन)का सबै सरोकारवालाहरुको सहभागितामा दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नका लागि असल दूध उत्पादन अभ्यासमा जोड दिन थालेको छ। यस अभ्यासअन्तर्गत उत्पादक किसान, संकलक, चिस्यान केन्द्र, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबै सरोकारवालालाई दक्ष र सक्रिया बनाउने नीति लिइएको छ।

भेटियो २५० वर्ष पुरानो दमाहा

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ। पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो। पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो।

धरानमा डेंगु रोगको प्रकोप

डेंगु रोगको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले लाखखुट्टे नियन्त्रणका लागि आवश्यक फगिङ मेसिन खरिद गर्ने भएको छ।

जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।

साकेलामा रतन्छा प्रथम

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘वृहत साकेला सिली प्रतियोगिता’मा साकेला गाउँपालिका–२ रतन्छा प्रथम भएको छ।

बर्दियामा तीन युवती बेपत्ता

बर्दियामा तीन युवती बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् ।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ।

हरिपुर नगरपालिकामा विष्फोट

सर्लाहीको हरिपुर नगरपालिकामा आइतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ। ।

१६ वर्षमा पनि सकिएन मुलपानी क्रिकेट मैदान

निर्माण शुरु भएको १६ वर्षसम्म पनि मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन।

पुरानै शैलीका शुक्ष्म कामलाई महत्वपुर्णमा समावेश

जिल्लाको कमलामाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पदवहाली पश्चात २ बर्षमा भएका महत्वपुर्ण कार्यहरु नगरपालिकाले सार्वजनिक गरेको छ।

श्रीमतीको हत्या, श्रीमान घाइते

महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

सुतेकै स्थानमा रहस्यमय मृत्यु,अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालित

चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ डडुवाका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा मृत्यु भएको हाे। विहान छ बजेसम्म नउठेपछि बोलाउन जाँदा उनी मृत गरिएको अवस्थामा फेला परेका हुन्।

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।

‘जनताका समस्यामा केन्द्रित रहेर काम गरिरहेको छु’

जिम्मेवारी बढेको र उत्साह थपिएको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्नुलाई मैले अवसरको रूपमा लिएको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्