९ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय परिचयपत्र वितरण तयारी

१० वटा डिजिटल नम्बर रहने परिचयपत्रमा नागरिकताको सबै विवरणका साथै हजुरबुबाको नाम, आमाको नाम, पति/पत्नीको नाम, हातका सबै औंठाको छाप, दुवै आँखाको तस्बिर, शैक्षिक योग्यता, पेसा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख हुनेछ।

राष्ट्रिय परिचय पत्र आँफै सच्याए १० वर्ष कैद

राष्ट्रिय परिचयपत्र लिँदा दस्तुर लिन पाउने व्यवस्था प्रस्तावित विधेयकले गरेको थियो तर, समितिमा छलफलका क्रममा विदेशी र गैर आवासीय नेपालीलाई बाहेक अरुलाई दस्तुर नलाग्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्रः ठोस व्यवस्था नगरि विधेयकमाथि छलफल

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम राख्ने सन्दर्भमा ठोस व्यवस्था नगरिनै त्यस सम्बन्धी विधेयकमाथिको छलफल टुंगाएको छ।

राष्ट्रिय परिचयपत्र वितरण रोकः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ।

संसदमा बडूको प्रश्नः मध्यरातमा २ अर्बको ठेक्का किन दिइयो?

सार्वजनिक खरिद ऐन र नियमावली विपरित विना प्रतिस्पर्धा परीक्षणमा लापरवाही र ढिलाई गरिएको भनिएको पुरानै फ्रान्सेली कम्पनीलाई नै मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागले राती ११ बजे आफ्नै कार्यकक्षमा पौने २ अर्बको ठेक्का गरेको दाबी उनले गरे।

रसुवामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु

परिचयपत्र निर्माणका लागि विवरण दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा दुईवटा डेक्स स्थापना गरिएको छ। दैनिक ८० वटा विवरण दर्ता गर्न सकिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘हामीले कार्यालयमा दुईवटा डेक्स स्थापना गरेका छौँ,' उनले भने, 'एउटा डेक्सबाट दैनिक ४० जनाको विवरण दर्ता गरिन्छ।’

राष्ट्रिय परिचयपत्र ठेक्का विनाप्रतिस्पर्धा

सरकारले सार्वजनिक खरिद कानुनमा भएको प्रावधान दुरुपयोग गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का फ्रान्सेली कम्पनी आइडेमियालाई बिनाप्रतिस्पर्धा दिएको पाइएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत बुधबार सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ लाई टेकेर मन्त्रिपरिषदमार्फत निर्णय गराई करिब एक अर्बको ठेक्का आइडेमियालाई दिएको हो।

प्रधानमन्त्री ओलीले लिए 'राष्ट्रिय परिचयपत्र'

सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ।

राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया सुरू

राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्रियामा सो कुराको जानकारी दिइएको हो। विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सो परिचयपत्रको विवरण अद्यावधिकका लागि जिल्लाको १० स्थानमा केन्द्र राखिने जानकारी दिए।

अपांगता परिचयपत्र वितरण

रसुवाको नौकुण्ड गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरेको छ। पुरानो कार्डको दुरुपयोग भएको र वास्तविक अपांगता भएका व्यक्ति अधिकारबाट वञ्चित भएकाले गाउँपालिकाले नयाँ परिचयपत्र वितरण गरेको हो।

उपयोगमा आएन राष्ट्रिय परिचयपत्र

फिदिम नगरपालिका–१ का सुमन लामाले राष्ट्रिय परिचयपत्र पाएका दिन उत्साहसाथ खुसी व्यक्त गरेका थिए। तर अहिलेसम्म त्यो कार्ड प्रयोगमा नआउँदा उनको त्योबेलाको खुसी निरर्थक बन्न पुगेको छ। राष्ट्रिय परिचयपत्रका रूपमा पाइएको कार्ड कहीं उपयोग गर्न नपाउँदा दराजमा थन्काएर राख्नुको विकल्प नभएको उनी सुनाउँछन्। ‘जहाँ पनि नागरिकता खोज्छन्। परिचयपत्रको काम नआएपछि थन्काएर राखेको हँु,’ उनले भने, ‘कार्ड पाइएपछि दैनिक जीवनमा प्रयोग गर्न पाइन्छ होला भन्ने लागेको थियो, होइन रहेछ। कतै जानुपर्दा नागरिकता, मोटरसाइकल लाइसेन्स र अन्य कार्ड बोकिन्छ तर परिचयपत्र बोकिँदैन।’

अपांगता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा

अपांगताको परिचयपत्र पाएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्नसक्ने भएका छन्।

५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन्। गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो।

साकेलामा गरिब परिचयपत्र वितरण

साकेला गाउँपालिकाले गरिब परिचयपत्र वितरण सुरु गरेको छ। गरिबीको रेखामुनि रहेका नागरिक लक्षित कार्यक्रम सञ्चालन गरी राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने प्रयोजनका लागि साकेला गाउँपालिकाले बुधबारदेखि गरिब परिचयपत्र वितरण सुरु गरेको हो। साकेला गाउँपालिका–४, मात्तिमस्थित वडाकार्यालयबाट गरिब परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

प्रथम राष्ट्रिय परिचयपत्र वाहकको निधन

नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्