बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने
बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ।
बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ।
आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशैँ तथा दीपावली। जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ। तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने बाध्यताबाट मुक्त छैन।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।
नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले सरकारको गलत नीतिको कारणले गर्दा देशमा रोजगारी सृजना हुन नसक्दा युवाहरु बिदेशिने क्रम बढ्दै गएको बताएकी छिन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन्। तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दाबी गरेका छन्।
विभिन्न निजी गुठी बनाई त्यसमार्फत देशभरका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम बढेको छ। पछिल्लोसमय राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा चन्द्रागिरी नगरपालिकाभित्र रहेका सरकारी जग्गा निजी गुठीले अतिक्रमण गरेको उल्लेख गरिएको छ।
प्रशासनले नेतृत्व गर्दै आएको बजार अनुगमन कार्य स्थानीय सरकारको हातमा पुगेपछि यसअघि बजार नियमक संस्थाहरुले स्थानीय तहलाई अनुगमनका जिम्मेवारी सुम्पिँदै पद्धति र प्रक्रियाका बारेमा न्यूनतम जानकारी गराउन थालेका छन्।
नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सङ्घीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन्।
समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दुई तिहाईको सरकार बनाउन आफ्नो पार्टीले संविधान संशोधनको शर्तसहित सरकारमा गएपनि त्यो कार्यान्वयन नभएकोमा असुन्तुष्टि जनाएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि प्रदेश सरकारसमक्ष माग गरेका छन् । प्रदेशसभा सांसद रामकुमार राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अगुवाइमा गएको टोलीले बिहीबार मुख्यमन्त्री शेरधन राईलाई भेटेर लफ्याङको छिवामा निर्माणाधीन खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि सहयोगको माग राखेका हुन् । अघिल्लो दिन सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष सहयोगको प्रस्ताव पेश गरेको टोलीले दोस्रो दिन मुख्यमन्त्रीसमक्ष सहयोगको याचना गरेका हुन् ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधा सम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ। विगत एक वर्षदेखि नै यो कार्यालय प्रयोगविहीन छ।
प्रदेश सरकार मातहत प्रदेश संग्राहलय छ। यो संग्रहालयमा जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायसँगै अन्य लोपोन्मुख जातजातिका परम्परागत पोसाक र अन्य सामग्री संग्रहित छन्।
सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विना नै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्।