१० मंसिर २०८१ सोमबार
image/svg+xml

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। घटनाका बिषयमा ध्यानाकर्षण गर्न बालुवाटार आएका कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए।

कञ्चनपुर घटनापछि देउवा र दाहालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानविनको माग गरेका हुन्।

अमेरिकी बिदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमण गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जाने भएका छन्। उनले  उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिए।

मन्त्रालयका कार्यप्रगति प्रति मुख्यमन्त्री पौडेल चिन्तित

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा यही ट्रेण्डले काम गरे एक सय बर्षमा पनि उल्लेख्य काम गर्न नसकिने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रदेश ७ : मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति

प्रदेश ७ को सरकारले विभिन्न चार विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति प्रदान गरेको छ।

जापानी लगानी नेपाल भित्र्याउन गृहमन्त्रीकाे अाग्रह

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले बुधवार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएकाे थियो।

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने

प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए।

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन्। प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापा गएका हुन्।

जमानतको यात्रा अन्त्य भएको ग्रिसकाे घोषणा

ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मंगलबार बताएका छन्।  ‘अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौं,’ ग्रीसको आर्थिक संकट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकमबाट मुक्ति पाएको भन्दै प्रधानमन्त्री सिप्रासले बताए।

जेठसम्ममा विद्युत निर्यात गर्ने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए।

धान्न नसकिने कर्मचारी कटौती गर्न मुख्यमन्त्रीको निर्देशन

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकाले धेरै कर्मचारी थेग्न नसक्ने भएकाले चुस्त र अतिआवश्यक मात्र दरबन्दी कायम गर्न निर्देशन दिएका छन्। सबै जिल्लामा प्रदेश सरकारको उपस्थिती हुनुपर्नेमा जोड दिदै उनले त्यसका लागि चुस्त र थोरै संख्यामा कर्मचारी परिचालन गरिने बताए।

प्रधानमन्त्रीविरुद्ध फेसबुकमा लेख्ने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेसबुकबाट समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सूर्यविनायक ३ का ४४  वर्षीय होमनाथ सिग्देललाई मंगलबार बबरमहलबाट पक्राउ गरेको एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।

इमरान खान : जसले विलासी निवास छोडेर तीन कोठे आवास रोजे

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुविधासम्पन्न प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका छन्। उनले आफु सैनिक सुरक्षा भएको तीन कोठे घरमा बस्ने बताएका छन्।

नेपालमा संसारकै थोरै कर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संसारकै सबैभन्दा थोरै कर भएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा ओलीले नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमै नभएको बताए।

गगन थापाले प्रधानमन्त्रीलाई भने : प्रदेश सभा डुलेर उपदेश दिन छोड्नुस्

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई प्रदेश सभा डुल्नेकि आफ्ना काम गर्ने भन्ने प्रश्न गरेका छन्। मंगलबार संसदमा बोल्दै थापाले प्रदेश सभाको भ्रमण गरेर उपदेश दिन भन्दा कामको दायीत्व निर्वाह गर्न आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्