६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल र भारतमा एकैसाथ पाटेबाघ गणना

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो।

भारतमा फेरि मारिए पत्रकार

भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ।

इभाङ्का ट्रम्पको स्वागत गर्न भारतमा माग्ने हटाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणलाई लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्ने गरेका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारत प्रहरीले अभियान सुरू गरेको छ ।

भारतमाथि नेपालकाे एेतिहासिक जित

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले हराउँदै ऐतिहासिक विजय हासिल गरेको छ । मलेसियामा आइतबार भएको खेलमा टस हारेर व्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

नेपालका दुई गैँडा भारतमा भेटिए

भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ। रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ।

१८ वर्षभन्दा कम उमेरकी श्रीमतीसँगको शारीरिक सम्बन्ध भारतमा बलात्कार ठहरिने

भारतीय सर्वाेच्च अदालतले नाबालिग पत्नीसँगको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार ठहर हुने फैसला सुनाएको छ। वैवाहिक बलात्कारबारे बुधबार फैसला गर्दै भारतको सर्वाेच्च अदालतले यस्तो फैसला गरेको हो।

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर लाखौं रुपैयाँ कुम्ल्याउने गरेको नयाँ तथ्य भेटिएको छ। नेपाल आयल निगमको जनकपुर डिपोको लागि इण्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनीबाट लोड भएको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो।

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

नयाँ दिल्ली, असोज १० (एजेन्सी)–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।

भारतमा पत्रकारको कुटपिट गरी हत्या

भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ।  उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन्। करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको बताइएको थियो।

भारतमा पहिलो ‘बुलेट ट्रेन’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेले बिहीबार भारतको पहिलो बुलेट ट्रेनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । जापान सरकारको सहयोगमा निर्माण हुने उक्त दु्रत गतिको रेल सेवा गुजरात राज्यको अहमदाबादबाट भारतको आर्थिक राजधानी मुम्बईसम्म चल्ने बताइएको छ ।

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ।

भारतमा ‘आइजिएसटी’ नेपालमा ‘एक्सइम् कोड’

नेपालको भन्सार र भारतीय कस्टम (भन्सार) दुबैतिर आयात निर्यातका लागि नयाँ प्रवधान लागेपछि वैध व्यापार अब औपचारिक च्यानलबाट मात्र हुने भएको छ । यसबाट साना आयातकर्तालाई अलमल भएको बताएका छन् भने मुलधारका आयातकर्तालाई सकारात्मक भनेका छन् । यी प्रवधानहरूले आयात निर्यातलाई व्यवसायिकरण र आधुनिकीकरण गरेको विश्लेषण गरिएको छ ।

दक्षिण भारतमा बस विसौनीको छाना खस्दा नौ जनाको मृत्यु

दक्षिण भारतमा बिहीबार बस विसौनीको छाना खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्