२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जिम्बाव्बेविरुद्ध नेपालको २०० रन पूरा

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले ४०  ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको छ।

जिम्बाव्बेविरुद्ध नेपालको १०० रन पूरा

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २१ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ। नेपालका लागि कप्तान पारस खड्काले ४० रन र दिलिप नाथले २ रन बनाए।

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। १३.२ ओभरमा नेपालले ६३ रन जोड्दा कप्तान पारस खड्का आउट भएका छन्।

युएईमाथि नेपालको जित

काठमाडौं – आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल विजयी भएको छ। जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा युएईले दिएको १७२ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पुरा गरेको हो।

यसरी सुधारौं नेपालको भलिबललाई

३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय भलिबल टोलीको प्रर्दशनले निकै चर्चा पायो। चाँहे त्यो हङकङलाई पराजय गर्दाको होस् वा मकाउसँगको खेलमा नेपाल एकोहोरो हाबी भएको प्रसंग। यी सबै कारण नेपाली भलिबल टोलीको स्वदेश तथा विदेशमा निकै प्रशंसा भइरहेको छ।

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने तय भएको छ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ।

नेपालको चुनौती समाप्त

मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ।

भलिबलसँग मिस नेपालको प्रणय दिवस

प्रणय दिवसमा नेपालगन्ज आइपुगेकी मिस नेपाल निकिता चाण्डकले भलिबलसँग प्रेम गरेर दिवस मनाउने बताएकी छिन् । मिस नेपाल निकिता प्रधानमन्त्री कपको सद्भभावना दूत हुन् ।

क्यानडामाथि नेपालको रोमाञ्चक जित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

केन्यामाथि नेपालको रोमाञ्चक जित (फोटो फिचर)

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

पारसको अर्धशतकमा युएईमाथि नेपालको जित

कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको छ। नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो।

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

नामिबियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु मा विजयी सुरुवात गरेको छ। एफिज पार्क मैदानमा सम्पन्न उदघाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिबियालाई १ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।

एलआइसी नेपालको पेन्सन बिमा योजना

एलआइसी नेपालले पेन्सन बिमा योजना ‘जीवन अक्षय–१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरेर पेन्सन योजना ल्याएको जनाएको छ ।

संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

बैठकको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्नसक्ने व्यवस्था मिलाइएको छ भने सभाकक्ष बाहिर प्रोजेक्टरमार्फत प्रत्यक्ष हेर्ने र सुन्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव पाण्डेले जानकारी दिए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्