२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

जिम्बाव्बेविरुद्ध नेपालको २०० रन पूरा

फाइल तस्बिर

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले ४०  ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको छ।

नेपालका लागि शरद भेष्वाकरले अर्धशतक प्रहार गरेका छन्। ४८ बल खेलेका उनले ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे। यसअघि ज्ञानेन्द्र मल्ल ३२, कप्तान पारस खड्काले ४० रन, दिपेन्द्र सिंह ऐरी २३ र दिलिप नाथले २ रन बनाएका छन्।

प्रकाशित: २० फाल्गुन २०७४ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App