२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

माछापुच्छ्रेको शिरमाथि नेपालको झण्डा

फेवातालमा देखिने माछापुच्छ्रेको छायाँमाथि नेपालको झण्डा देखिनेछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालको ड्यामसाईड क्षेत्रबाट फेवातालमा हिमाल देख्ने पर्यटकहरुले अब देशको झण्डा पनि देख्नेछन्। गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ।

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

युरोपमा नेपालको हित प्रवर्द्धनका अवसर खोज्न राजदूतहरुलाई आग्रह

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले युरोपमा नेपालको राष्ट्रिय हित प्रवर्धन गर्ने अवसरहरुको खोजी गर्न त्यसक्षेत्रका नेपाली राजदूतहरुलाई आग्रह गरेका छन् । युरोपेली मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालको आर्थिक हिततर्फ आफ्ना गतिविधि केन्द्रित गर्न सुझाव दिएका हुन्।

नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान

मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।

नेपालको फराकिलो जित

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अन्तिम अभ्यास खेलमा इस्ट लन्डन शार्कलाई १ सय ३४ रनले पराजित गरेको छ।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।

‘नेपालको विकासमा जापानको सहयोग आवश्यक’

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ।

मिस वर्ल्ड डाइभर्सिटी २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै युनिता

जुलाई १० देखि जुलाई १५ सम्म दुबईमा आयोजना हुने दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालको प्रतिनिधित्व युनिता खत्रीले गर्ने भएकी छन्।

मोडल हन्ट नेपालको तयारी

विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ।

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन्।

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्।

‘ट्रम्प–किम वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ’

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली  नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्