७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘नेपालको विकासमा जापानको सहयोग आवश्यक’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ। 

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार उनीहरूबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए। भेटमा उनीहरूबीच नेपाल र जापानबीच कुटनीतिक सम्बन्धबारे छलफल भएको थियो। 

अध्यक्ष तिमिल्सिनाले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताए। उनले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने बताए। 

उनले जापानले नेपालको पूर्वाधार निर्माण, भूकम्पपछिको पुनःनिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गदै नेपालको भौतिक, आर्थिक, मानव संशाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विकासमा जापानको सहयोग गर्नुपर्ने धारणा राखे। 

उनले बुद्धको जन्मभूमि नेपालमा विशेषगरी जापानका बुद्ध धर्मावलम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको धारणा राखे। 

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराए। भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। 

प्रकाशित: २६ असार २०७५ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App