दार्चुलामा बाढी पहिरोमा परी २ जनाको मृत्यु १ बेपत्ता
दार्चुला गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस– २५ वर्षीया बसन्ती धामी र सर्मोली गाविस– ७२ वर्षीय चन्द्रदेव पन्त रहेका छन्। गतराति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।