१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आयल निगमले इन्धनको मूल्य बढायो

निगमले इन्डियन आयल कर्पोरेसनबाट १६ अप्रिलमा प्राप्त मूल्य अनुसार समायोजन गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रूपैयाँका दरले बढाएको जनाएको छ। आन्तरिक उडानको हवाई इन्धनको मूल्य भने लिटरमा २ रूपैयाँ बढाएको छ। मूल्य समायोजन नगरे १५ दिनमै ८१ करोड रूपैयाँभन्दा बढी घाटा बेहोर्नुपर्ने निगमको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्