७ वैशाख २०८१ शुक्रबार

नेपाली समसामयिक कलाको कालखण्ड

मोटामोटी रूपमा भारत र तिब्बत (चीन) बाट प्रभावमा परेर विकसित भएको हाम्रा मूर्तिकला, चित्रकला र वास्तुकलाको एउटा खण्ड र पश्चिमी मुलुकका कलाको दर्शन, कला निर्माण प्रक्रिया, सामग्री प्रयोग आदिलाई आधार मानेर अर्को खण्डको व्याख्या गर्ने परम्परा छ। स्थुल रूपमा यस्तो देखिए पनि सूक्ष्म रूपमा हेर्दा भने यसैभित्र पनि धेरै ससाना खण्ड विभाजित भएको देखिन्छ।

नेपाली महिला कलाकार

नेपालमा हालसम्मको अभिलेख अनुसार उर्मिला उपाध्याय प्रथम महिला आधुनिक कलाकार र पहिलो महिला कलाकार हुन्। उनले सन् १९५९ मा गरेको एकल कला प्रदर्शनी नै महिला कलाकारको प्रथम एकल प्रदर्शनी हो। उनी आज ८२ वर्षको उमेरमा पनि सामाजिक कार्यमा सक्रिय भएर लागिपरेकी छन्।

लिच्छविकालीन कला

प्राचीनकालमा देखिएका मूर्तिभन्दा लिच्छविकालका प्रस्तर मूर्ति विशेषतागत रूपमा भिन्न छन्। परिष्कृत रूपमा देखापरेका लिच्छविकालीन प्रस्तर मूर्तिभन्दा बेग्लै देखिएपछि अलि भद्दा प्रकारका मूर्तिलाई किरातकालका मूर्ति भन्ने प्रचलन बलियो भएको हो। सादा, चिल्लो र छरितो रूपमा बनेका प्रस्तर मूर्ति लिच्छविकालका खास विशेषता हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्