९ आश्विन २०८१ बुधबार
image/svg+xml

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे।

फिलिपिनो राष्ट्रपतिद्वारा मार्शल कानुन लगाउने चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशमा विद्यमान लागू औषध समस्या समाधान नभए मार्सल कानुन लाग्न सक्ने चेतावनी दिएका छन् ।

राष्ट्रपतिद्वारा क्रिसमस अवसरमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले शान्त र समृद्ध मुलुक निर्माणमा जुट्न सबैलाई आग्रह गरेकी छन् ।

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गरेका छन् ।

गाम्बियाका राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्विकार

गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताएका छन् ।  उनले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गरेका छन् ।

राष्ट्रपतिद्वारा योग शिविर उद्‌घाटन

बिहीबार बिहान वीरगञ्ज रंंगशालामा १० हजार बढी संख्यामा मानिसहरुको उपस्थितमा पाँच दिने ‘योग विज्ञान शिविर २०७३’ को शुभारम्भ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ती बालेर शिविरको उद्‌घाटन गरिन्।

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्।

राष्ट्रपतिद्वारा लम्साल र खनाललाई राजदूत नियुक्त

मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई सहसचिवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी छन्।

राष्ट्रपतिद्वारा धुर्मुस–सुन्तलीलगायतका युवा सम्मानित

काठमाडौं– राष्ट्र निर्माणमा योगदान पुर्याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका हुन्।

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिद्वारा तीन अाेटा विधेयक प्रमाणिकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयकहरु प्रमाणीकरण गरेकी छन्। व्यवस्थापिका संसदबाट पारित भर्इ स्वीकृतिका लागि आएका विधेयकहरुलाई राष्ट्रपति भण्डारीले बिहीबार स्वीकृत गरेकी हुन्।

राष्ट्रपतिद्वारा पराजुलीको कैद माफी

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद सिफारिशमा कारागार कार्यलय अर्घाखाँचीका बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैद साजय माफी गरिदिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्