१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

मत परिणाम माग्दै नेताहरु आयोगमा

वाम गठबन्धनका नेताहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगसमक्ष माग गरेका छन् ।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ।  भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन्।

अवैध रुपमा यौनबर्धक सामाग्री विक्री गर्ने १५ पक्राउ

अनुमति नलिई यौन बर्धक सामाग्री विक्री गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले १ भारतीय नागरिकसहित १५ जनालाई पक्राउ गरेको छ।

एनएमएले खोसिएको रोयल्टी अधिकार माग्यो

नेपाल पर्वतारोहण संघ (एनएमए) ले नयाँ बन्ने सरकारसँग १२ वटा हिमालको रोयल्टी अधिकार नवीकरण गरिदिन माग गरेको छ । एनएमएले चार दशकदेखि उठाउँदै आएको हिमाल आरोहण रोयल्टी अधिकार भदौमा सकिएको थियो ।

आइफोन स्लो गरेपछि एप्पलले माग्यो माफी

पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।

घुस मागेपछि प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

सत्य निरुपण आयोग पुनर्गठन गर्न माग

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यकाल बिनाकुनै उपलब्धि समाप्त हुन लागेकामा जबाफदेहिता निगरानी समितिले विशेष ध्यानाकर्षण भएको जनाएको छ । समितिले अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रसंघको सरोकार र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर विद्यमान ऐन संशोधन गरी निष्पक्ष, प्रभावकारी र विश्वसनीय बनाउन यी दुवै आयोगको पुनर्गठनका लागि सरकारसँग माग गरेको छ ।

जनप्रतिनिधि समक्ष कलाकारको माग

खोटाङका कलाकारले कला, संस्कृति, संगीत तथा साहित्यको प्रवद्र्धन एवं संरक्षणका लागि नवनिर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राईलाई राजधानीमा आयोजित बधाई तथा अन्तरक्रिया कार्यक्रममा कलाकारले जिल्लाको कला, संस्कृति, संगीत र साहित्यको प्रवद्र्धनमा ध्यानाकर्षण गराएका हुन् ।

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

अध्यादेश तत्काल जारी गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

राष्ट्रियसभा अध्यादेश तत्काल जारी गर्नुपर्ने माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनादेखि रोकेको अध्यादेश तत्काल जारी गर्न माग गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निर्वाचन आयोग विरुद्ध रिट दर्ता गराएका हुन् । त्यस्तै उनले एमाले, माओवादी केन्द्र, काँग्रेस, र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएका छन्।

रूसमा विपक्षीले नेताले गरे निर्वाचन बहिष्कारको माग

रूसमा विपक्षी नेता एलेक्से नभाल्नीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनको बहिष्कारको माग गरेका छन् ।

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ।  सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९÷४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो।

प्रदेश दुईमा मैथिलीलाई सरकारी भाषा बनाउन माग

प्रदेश नं २ मा सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने १३ बुँदे मागसहित राजविराज घोषणापत्र जारी गर्दै १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ।

राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेवि संघको माग

नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्