१२ असार २०८१ बुधबार
image/svg+xml

थप तीन सय २४ मा कोरोना सङ्क्रमण पुष्टि,एकको मृत्यु

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय १५ को नमूना परीक्षण गरिएको थियो। एक हजार छ सय ७३ ले पिसिआर र एक हजार आठ सय ४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमणकालीन न्यायको नेपाली मोडेल

नेपालको आफ्नो आन्तरिक प्रक्रियाको प्रशंसाको नाममा दबाब दिने तर सङ्क्रमणकालीन न्यायमा खर्च गर्नबाट पन्छिन खोज्ने अन्तर्राष्ट्रिय समुदाय कति विश्वसनीय छन्?

उपत्यकामा बढ्दै डेङ्गु सङ्क्रमण

यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए।

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार

जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ।

थप २६३ सङ्क्रमित थपिए, दुईको मृत्यु

कोरोना भाइरसको सङ्क्रमण आज २६३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ ।

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ। नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ।

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

मुलुकभर पछिल्लो २४ घण्टामा थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

फेरि उकालो लाग्दै कोरोना

कालिकोटमा लामो समयपछि कोरोनाका बिरामी भेटिएका हुन्। गएको फागुन महिना यता कालिकोटमा कसैमा पनि कोरोना देखा परेको थिएन। झण्डै छ महिना पछि फेरि कोरोना सङ्क्रमण फैलिन थालेपछि अस्पताल क्षेत्रमा मास्कको प्रयोग गर्न र सेनिटाईजरको प्रयोगका साथै सामाजिक दुरी कायम राख्न थालिएको छ।

सङ्क्रमणको चौथो लहरको सङ्केत!

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो। खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ।

सङ्क्रमणकालीन न्यायमा विश्वासको सङ्कट

सशस्त्र द्वन्द्व समाप्त भएको १५ वर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्।

दुई सय तेह्र जनामा डेङ्गुको संक्रमण

जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको संक्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण देखिएको हो।

एघार जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

थप २१ मा कोरोना सङ्क्रमण पुष्टि

गत २४ घण्टामा १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८३९ पुगेको छ। निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पर्यटकको आगमन दैनिक १०० नाघ्यो

कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्।

काभ्रेपलाञ्चोक कोरोनामुक्त

जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्