१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ।

अन्नपूर्णको पञ्चकुण्ड ताल जमेर बरफ भएपछि...

अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको हो।

स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।

घारखोलामा पुल निर्माण

पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो।

अन्नपूर्ण बेसक्याम्पः आन्तरिक पर्यटकको रोजाईमा पर्ने लोकप्रिय गन्तव्य

दसैँको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।

विजेता खेलाडीलाई सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ।

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ। कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो।

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो।

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्।

अन्नपूर्ण–धौलागिरि पदमार्गले फेरिएको टिकोट गाउँ

‘पदमार्गले नछोउञ्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहुँ जसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन्’, उनले भने, ‘गाउँमा होमस्टे (घरबास सेवा) सञ्चालन भएका छन्, स्थानीय उत्पादनको बिक्री बढेको छ, गाउँलेको आम्दानीमा वृद्धि भएको छ।’

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो।

कास्की अन्नपूर्णमा एमालेको अग्रता

कास्कीको अन्नपूर्ण गाउँपालिका मतगणनाको सार्वजनिक गरिएको प्रारम्भिक नजिता अनुसार नेकपा एमालेका गाँउपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्