१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संविधान कार्यान्वयनमा जुट्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरी लोकतन्त्र जगेर्ना गर्न सबै राजनीतिक दललाई आह्वान गरेकी छन्। संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा सुम्पेको जनाएकी हुन्।

मधेसी र पहाडी विर्सेर संविधान कार्यान्वयनमा लागौं: पूर्व राष्ट्रपति

काठमाडौ-पूर्व राष्ट्रपति रामवरण यादवले संविधान कार्यान्वयनका लागि मधेसी र पहाडी भन्ने विभेद विर्सेर दलहरु अघि वढ्नु पर्ने बताए। संविधान कार्यान्वयनको चुनौती सहज नभएको भन्दै यादवले त्यसको समाना गर्न एकजुट हुनुको विकल्प रहेको समेत बताए।

नौबुँदे कार्यान्वयनमा अड्चन

'सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिनसम्बन्धी ऐन, २०७२' संशोधन गर्न सरकारले गरेको प्रस्तावमा दातृनिकाय र विदेशी कूटनीतिज्ञ सहमत नभएपछि सत्तारुढ दलबीच भएको नौबुँदे सहमति कार्यान्वयनमा अड्चन देखिएको छ।

नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती

नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्