२६ आश्विन २०८१ शनिबार
image/svg+xml

उसलाई पनि कसैबाट, विश्वासघात हुन सक्छ

आज मलाई पीडा दिने, मान्छे भोलि रुन सक्छ उसलाई पनि कसैबाट, विश्वासघात हुन सक्छ मेरो मुटुभित्र उसले, जस्तो आगो झोसेको छ त्यही आगोले उसलाई पनि, कुनै दिन छुन सक्छ।

हाँगाविना नै फुल्नेहरू छन्

सम्झियौ भनेर भुल्नेहरू छन्, हाँगाविना नै फुल्नेहरू छन् राखेर याद मनमा कति, स्वर्गै पनि भुल्नेहरू छन् गर याद केही अतीतको, विजादि केही त छर्नुपर्छ आँधी चलेको छ जस्को मनैमा, पानी उसैले त भर्नुपर्छ ।

जीवन ज्ञानको खोजी

जीवन के हो ? जीवन ज्ञान कसरी लिने ? किताबमा ज्ञान पाइन्छ भन्ने सुनें, धेरै किताब साहित्यकारले पढ्ने सुनें तिनै संगतबाट उपन्यास पढें, कथा त कति पढेंपढें तर, अहँ जीवन ज्ञान भेटिनं खै कहाँ भेटिन्छ जीवन ज्ञान ?

बोकाको मासु

घरमा खसिको मासु पाक्यो । मैले पनि सितन सित बियर नपिएको धेरै दिन भएको थियो। कामकाज ले लखतरान थिएँ फ्रेस हुने मुड थियो। मलाइ पनि बियर पिउन मन लाग्यो। अर्धाङ्गिनीको अनुमती लिएर म पनि सितन लिएर बसेँ । पिउँदै गर्दा बाहिर खोर तिर नजर परे । बाख्रा खोइ त नि रमा ?- मैले सोधे , पाल्न गाह्रो भा थ्यो । बाख्रो पनि थारो भयो । हिजो तराइतिरको मान्छे आ 'को थियो । राम्रै मुल्य दियो । माउ पाठा बेचिदिएँ । उनलाई हेरेँ ,उनी मीठो मुखले हात र थाल चाटिरहेकी थिईन् , मैले मासु ब्यापारिले बाहिर राखेको बोर्डलाइ सम्झेँ , उल्लेखित थियो -" यहाँ शुद्ध खसी बोकाको ताजा मासु पाइन्छ ।"

नछुने !

के मेरी आमालाई महामारी भएको छ ? ‘उसले आत्तिदै भन्यो– आमाहरू रजस्वला भएकैले मजस्ता जन्मिएका हुन् ।’ म यही विषय पढेर डाक्टर बन्छु । आइन्दा बुझ न सुझ कसैलाई प्याच्च भन्ने होइन । मेरी आमा नर्स हुन् । उनलाई नछुनेबारे जानकारी छ । तपाईहरू जस्ताले गर्दा। यसपटक हजुरआमा ट्वाँ परिन् ।

आमा

सासू बुहारिको झगडाले दिक्क भएको दयारामले त्यो दिन आमालाइ नै गाली गरेको थियो।।नत आफू शान्तिले बस्नुहुन्छ, न हामिलाइ शान्तिसग बस्न दिनुहुन्छ। कुन दिन म नै घर छाडेर गैदिन्छु अनि बस्नु तिमिहरु शान्तिसग । सायद उस्को यो शब्द आमाको मन्मा बिझ्यो । त्यसपछि आमा कता गइन कता कसैले पत्तो पाउन सकेका थिएनन।

स्मृतिमा अल्झिएको उल्झन

हरेक आमाले जे गर्छन सन्तानका लागि गर्छन । भोको पेट बोकेर नानीको पेट छाम्ने मात्र आमा हुन जो अरू कसैले गर्न सक्दैन । त्यसैले त आमालाई धरा, धरणीको संज्ञा दिइएको हो । जसले जे पनि सहन सक्छिन्, सक्दैनौ त हामी मात्र । हाम्रो चाहना पूरा नहुदा हामी जति झगडा गर्छौ, रुन्छौ । त्योभन्दा धेरै आमाको मनमा काँडा गडेको हामीलाई पत्तै नहुने रहेछ । धरतीले भल, बाढी, सुक्खा पहिरो सबै सहेको आखिर त्यसै कहाँ हो र ? त्यसैले त कविहरू लेख्छन्–‘ढुंगाको छाती बनाएर कुल्चिएर हिँड्नु छ आफैलाई ।’

पितृ श्रद्धा–अर्पणम्

गरें ढोग बाबा, निहुरयाई माथ दुई हात जोडी, प्रणाम छ साथ तिमी देवरूपी, तिमी ब्रम्हसागर विधाता तिमी हौ, कुलवंश आधार पिता देवता हुन्, अलौकिक् जगत्का प्रतिबिम्ब साक्षात्, प्रणेता रगत्का सबै देव पितृ, सबै तीर्थ माता उनै जन्मदाता, अखण्डित् सुजाता

कलाकार राधेश्याम मुल्मीसँग साक्षात्कार

वास्तवमा कला जीवन सँगसँगै चल्ने प्रक्रिया हो । कुनै न कुनै तरीकाबाट यसको प्रयोग भइरहेकै हुन्छ । कला प्रवृmति र समाजकै प्रतिविम्ब हन् । यसले हाम्रो मनमा परेका छाप कलामार्फत् प्रस्तुत हुने गर्दछ । उहाँका कला पनि त्यसकै प्रतिविम्ब हो । प्रकृति, समय र समाजका प्रभावलाई उहाँले कलात्मक जीवन दिएर कलाकारिता गर्दै आउनुभएको छ ।

भीष्मराज फुलाराको कारुणिक चीत्कार ‘टुहुरो कुण्डली’

अर्को जुनीमा उनै आमाको कोखबाट जन्म लिने इच्छा लेखक फुलाराले उपन्यासमा व्यक्त गर्नुभएको छ । उपन्यासमा उहाँ लेख्नुहुन्छ, ‘अर्को जुनीमा म फेरि तपाईंको छोरा भएर जन्मन पाऊँ । अनि जीवनभर तपाईंको मातृवात्सल्यमा रमाउन पाऊँ । मलाई स्वर्ग चाहिँदैन । मलाई आमा भए पुग्छ । म फेरि तपाईंको गर्भमा नौ महिना बिताएर जन्मिन चाहन्छु । तर, त्यसबेलाचाहिँ टुहुरो बनाएर अलपत्र छाडेर नजानुहोला ।’

इन्द्रजात्रा नालिबेली

यःसिं (लिंगो)का लागि रूख छान्न पहिले पहिले बली दिने बोकालाई पूजा गरी रक्सी खुवाई छाडिन्थ्यो। त्यसरी छाडेको बोकाले जुन रूखलाई हिर्काउँछ, त्यही रुख यःसिं का लागि योग्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो।

जात्रादेखि ‘जात्रा’सम्म

रथ जात्रा जतिसुकै लामो चले पनि असोज महिनासम्म जात्रा नसकिएर बुंगद्यः रथभित्रै रहे भने बुंगद्यःलाई भक्तपुरवासीले लैजान्छन् भन्ने किंवदन्ती पाइन्छ । गएको साता बुंगद्यःको रथ जात्रा सम्पन्न गर्न केही युवाले जो हतारो गरे, त्यसको पछाडि पनि यही मनोविज्ञान लुकेको ठानिन्छ ।

आप्पाको अनुहार

खेल्दा–खेल्दै आफ्नो आप्पाको हात समाउँदै छोडी गएपछि साथीले बारीडिल आएर सोधेथेँ ‘आमा... कस्तो थियो मेरो आप्पा ?’ काँलामै उभिएर आमाले आकाश हेर्नुभयो र आधा भरिएको डोकोमा मुठीको घाँस फ्यात्त फ्याँकेर खाँद्नु थाल्नुभयो ।

कोरोना महामारी – मृत्युसँग साक्षात्कार

शरीर कमजोर नैं छ , हात काँपिरहेका छन् तर आत्मविश्वास जगाएँ । आज नेलेखे कैले लेख्ने ? म मरें भनें मेरा मनका कुरा कस्ले थाहा पाउने अनि कस्ले लेखिदिने ? एकाएक ममा ऊर्जा बढेर आयो र लेखें मन भारी हुँदै बुबाको अन्तिम सम्झना श्रद्धान्जलीस्वरूप –‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा’ र इमेल पठाएँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्