२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पितृ श्रद्धा–अर्पणम्

कविता

जीवननाथ अधिकारी

 

 (१)  

गरें ढोग बाबा, निहुरयाई माथ

दुई हात जोडी, प्रणाम छ साथ

तिमी देवरूपी, तिमी ब्रम्हसागर

विधाता तिमी हौ, कुलवंश आधार

(२)

पिता देवता हुन्, अलौकिक् जगत्का

प्रतिबिम्ब साक्षात्, प्रणेता रगत्का

सबै देव पितृ, सबै तीर्थ माता

उनै जन्मदाता, अखण्डित् सुजाता

(३)

कतै दुःख दिएँ कि, सानो छँदामा

पिरोलें कि मैले, कुनै दिन रुँदामा

नटेर्ने नमान्ने, भनेको कुनै दिन्

छलीढाँटी झुक्याउथें, कि कुनै छिन्

(४)

अनुग्रह हुन्थ्यो, ममा जे गरें नि

क्षमा माग्छु गल्ती, गरें छु भनें नि

छुटें काखबाटै, म सानो छँदैमा

छ यो आत्मग्लानि, कहाली मनैमा

(५)

तिमी शन्यमा शून्य हुँदै बिलायौ

निराकार हुँदै, खरानी दिलायौ

सबै स्नेह तिम्रो, छुटाएँ तथापि

बिराउन्नँ बाटो, भुलेर कदापि

(६)

दया–दृष्टि शास्वत्, तिमी आशुतोष

श्रद्धा–फूल अर्पिन्छु, आशिष् मिलोस्

चतुर्भिर्यकारैे, भुजङ्गप्रयातम्

नमामी पितृन्, सु–मङ्गलम् प्रभातम्

प्रकाशित: २७ भाद्र २०७७ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App