१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अचेल महारानीको नि दरबार जलेको देख्छु

खै कसरी हो कुन्नि अचेल महारानीको नि दरबार जलेको देख्छु,पैसा र बैंसको कमी हुन थालेछ क्यारे दिनैपिच्छे मारामार भएको देख्छु। रवाफै छुट्टै भएको मान्छे हौ तिमी त हामी सानालाई नि नगन्ने, लगाउँदै–फुकाउँदै गर्ने एउटा सुन्दर हार जस्तो भएको देख्छु।

एउटा कविको चीत्कार

भन त म के सुनाऊँ? गालिवको गजल सुनाऊँ या उमर खयामको रुवाइयत सुनाऊँ अथवा देवकोटाको सुनको बिहानी सुनाऊँं भन त प्रिय तिमीलाई म के सुनाऊँ?

मतदाताहरूको मुटुमा लागेको चोटको खोजी गर्दैछौं

मतदाताहरूको मुटुमा लागेको चोटको खोजी गर्दैछौं,जनताले चुनावमा दिएको भोटको खोजी गर्दैछौं। खोलो तरे लौरो बिर्सिने महाशय अब हिसाब गरौंला, तपाईंको घरमा पैसा फल्ने त्यो बोटको खोजी गर्दैछौं।

नारा

आज झ्यालमा बसेर तमासा हेरिरहेकी हिरामाया त्यो पुरानो कोठामा आफ्नो खसमसँग बिताएको मिठो पलको सम्झिंदै श्रीमान् बितेको धेरै वर्षपछि बुढाले कोठाको भित्तामा टाँगेका चन्द्र–सूर्य अंकित झन्डा समातेर आफ्ना बुढाका साथीहरू वीर शहीद गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई सम्झिंदै आँखाभरि आँसु पारेर भनिन्, ‘वीर शहीद जिन्दावाद, शहीदको सपना पूरा गर्छु!’

सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन

बालकविता बालबालिकाले बुझ्न सक्ने, उनीहरूकै भावना प्रधान भएको हुनुपर्छ। सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन।

श्रद्धा

पोल्ने,पिट्ने, चेप्ने र घोट्ने नगरे सुन गहना हुँदैन। म तालिममा थिएँ। तालिमको आफ्नै संस्कार र सिलसिला हुन्छ। म काँचो सुन थिएँ। अब गहना बन्नु थियो।

छोरा मान्छे

उकाली, ओराली, देउराली र भन्ज्याङहरू काटियो कतिकति! छेक्न नआएको होइन बडेमाको पहाड अगाडि! तान्न नआएको होइन खुट्टा बेसरी! नपोलेको होइन छाती भत्भती! नघोचेको होइन मुटु घ्वाचघ्वाच! कसलाई पोखूँ वेदनाको लहर!

छोरा मान्छे

उकाली, ओराली, देउराली र भन्ज्याङहरू काटियो कतिकति! छेक्न नआएको होइन बडेमाको पहाड अगाडि! तान्न नआएको होइन खुट्टा बेसरी! नपोलेको होइन छाती भत्भती! नघोचेको होइन मुटु घ्वाचघ्वाच! कसलाई पोखूँ वेदनाको लहर!

थाकलको झ्याङ

मैले नै कुरा अगाडि बढाएँ,‘गाउँमा एनजिओ आएको थियो। त्यसका प्रमुख थिए अस्ट्रेलियन नागरिक जोन। मलाई उनकै भान्से बनाइयो। म स्वेच्छाले रखेल भएँ। छोरी साथैमा थिई। जोन भन्थ्यो, ‘माया तिमी त मेरो प्राण हौ। मैले तिमीमा तिन रूप पाएको छु। बिनासर्त माया गर्ने आमाको रूप, मिहीन पाराले सेवा गर्ने श्रीमतीेको रूप र बेपरवाह विश्वास गर्ने असल साथीको रूप।’

हजुरआमाको फेसबुक

हजुर आमाका सन्तानहरू आफ्नी आमालाई खुवाएका, नयाँ लुगा दिएका पुराना फोटाहरू अप्लोड गर्न प्रतिस्पर्धा गर्दै थिए। उसले हजुर आमा आफ्नो खाटमा पीडाले छटपटिरहेको हेयो तर फेसबुकमा हजुरआमा ‘थेन्क यू भेरी मच’ भन्दै थिइन्।

पिण्ड

धनिरामले पिण्ड लगेर पानीको धारामुनि राखिदिए। उभिन्नेबित्तिकै उनले देखे– दुई कागले लुछालुछ गरेर खाइसकेका थिए पिण्ड। उनले भने, ‘गुरुजी, पितृहरूले पिण्ड खान्छन् त?’ ‘खोई बाबु! मृत्युवरण गरेकाले आएर भनेका पनि छैनन्, जीवितहरूले गएर देखेका पनि छैनन्।’

पहिले हामीचाहिं अग्रगामी हौं भन्ने पुष्टि गर्ने कि?

संसद्लाई मन्त्री चाहिएको छ र मन्त्री हुनेलाई राम्रो मन्त्रालय। नेता–कमरेडहरू योग्यता, क्षमता, समावेशिता र देशको आवश्यकता हेर्नेभन्दा कसले बढी भक्ति दर्शन गर्छ, कसले आफ्नो गुणगानसहित कुरा गर्छ, त्यसलाई टीका लगाइदिइहाल्छन्।

पौडेल र भण्डारी लघुकथा समाजबाट सम्मानित

लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–२०७८’ र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गरिएको छ।

नियति

आमा चिच्याउँदै सँगसँगै परसम्म कुद्नुभयो। सके मैले रुन बिर्सिएँ। खोलाछेउमा लगेर बालाई बिसाए। मेरो कपाल खौरिदिए। बलेको दियो बाको मुखमा राख्न के भनेका थिए, म अचानक चिच्याएँ, ‘नाइँनाइँ, बालाई पोल्छ!

महान् दिन

दर्शनार्थीहरू हेरिरहेका थिए। भित्तामा शहीदको तस्वीर त्यसै झुन्ड्याएको थियो। शहीदद्वारा प्राप्त प्रजातन्त्रको धुवाँ पनि धुप र बत्तीबाट उडेको धुवाँभन्दा फरक केही थिएन। बोकाको साथमा मात्रै एउटा रमिता थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्