२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पौडेल र भण्डारी लघुकथा समाजबाट सम्मानित

लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–२०७८’ र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गरिएको छ।

तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार मधुवन पौडेललाई ‘सावित्री–केशर कथा सम्मान–२०७८’ प्रदान गरिएको हो। सो सम्मान प्रमाणपत्रका साथै २१ हजार रुपैयाँ नगद राशि रहेको छ।

त्यसैगरी समाजले लघुकथा लेखनमा धेरै अगाडिलादेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ प्रदान गरेको छ। उक्त सम्मान पनि प्रमाणपत्रका साथै नगद राशि २१ हजार रुपैयाँ रहेको छ।

सम्मानित कथाकार पौडेल तीसको दशकदेखि नै साहित्य लेखनमा सक्रिय छन्। कूटनीतिक सेवामा समेत रहेका पौडेलको ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायत कथासंग्रह प्रकाशित छन्।

लघुकथाकार भण्डारीका ’अविरल यात्रा’, ’काला सर्पको खोजी’ लगायत तीनवटा लघुकथाकृति प्रकाशित छन् भने उनका विभिन्न विधाका एक दर्जन जति कृति प्रकाशित छन्। वरिष्ठ लघुकथाकार स्व.विनय कसजूका लघुकथामा व्यंग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यंग्य विषयमा विद्यावारिधि गर्दै छन्।

कार्यक्रममा अशेष मल्ल, समालोचक लक्ष्मणप्रसाद गौतम, निबन्धकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार सुमन सौरभ, सिन्धु गौतम लगायतले बोलेका थिए। कार्यक्रम लघुकथा समजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियोे।

प्रकाशित: ९ फाल्गुन २०७८ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App