१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

घाइते र बिरामी वन्यजन्तु उद्धार केन्द्र बनाउन शुरु

घाइते र बिरामी वन्यजन्तुको उपचार र संरक्षण गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा प्राणी उद्धार केन्द्र निर्माण कार्य शुरु भएको छ।

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरबाट उद्धार

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनीलाई उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार

बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरी पुनःस्थापना गृहमा आश्रयका लागि पठाएको छ। भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो।

अलपत्र ८ पर्यटकको उद्धार

मेरापिकमा अलपत्र परेका ८ पर्यटकको मंगलबार बिहान उद्धार गरिएको छ। महाकुलुङ गाउँपालिका–१ थाग्नेमा अलपत्र परेका ७ विदेशी र १ नेपाली गरी ८ पर्यटकको कैलाश र डाइनेस्टि एयरका हेलिकोप्टरले उद्धार गरी काठमाडौं ल्याएका हुन्।

१४ वर्षीया बालिकालाई होटलबाट उद्धार, तीन जनाविरुद्ध मानव बेचबिखन मुद्दा

१४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने बहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएको सूचनाका आधारमा इटहरीबाट आइतबार साँझ प्रहरीले उद्धार गरेको छ ।

अलपत्र ८ पर्यटकको उद्धार

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हमू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

सडक बालबालिका उद्धार र संरक्षण कार्य देशव्यापी बनाइने

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताएका छन्। काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिए।

एक वर्षमा एक हजार ११ जना सडक बालबालिकाको उद्धार

सरकारले गत एक वर्षभित्र काठमाडाैं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ।

सुत्केरी महिलाको उद्धार

तीन दिनदेखि सुत्केरी व्यथा लागेर अप्ठेरोमा परेकी कुसे गाउँपालिका वडा नम्वर ८ लाँता घर भएकी ४५ वर्षिय तुल्सी सुनारको शुक्रवार हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हो।

अधिक रक्तश्रावपछि अर्धचेत महिलाको उद्धार

एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्रसव व्यथापछि रक्तश्रावको कारणबाट ज्यानकै जोखिममा परेकी महाकुलुङ गाउँपालिका–५ गुदेलकी ३९ बर्षीय निर्मला राईलाई बुधबार साँझ लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट सयभन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुंगामा सवार १ सय ८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

१८० आप्रवासीको उद्धार

पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार १ सय ८० गैरकानुनी आप्रवासीलाई उद्धार गरिएको छ। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले सो जानकारी दिएको हो।

जोखिमपूर्ण अवस्थाका नौ बालबालिकाको उद्धार

नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्