८ आश्विन २०८१ मंगलबार
image/svg+xml

टीकापुर आन्दोलन : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ९ जना पक्राउ

टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या विरुद्ध जारी आन्दोलन आक्रामक बन्दै गएको छ। आन्दोलन आक्रामक बन्दै गएपछि आइतवार प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको छ।

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन्।यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए। रानाले परियारलाई “रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए।

होलीको सांगीतिक कार्यक्रममा झडप, ४ जना पक्राउ

फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन्। विहीबार साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होलीमा उपत्यकाबाट १६० पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले विहीबार पक्राउ गरेको हो।

अवैध लागू औषधसहित ४ युवा पक्राउ

उदयपुर सदरमुकामबाट बिहीबार मध्यान्ह लागू औषधसहित ४ युवा पक्राउ परेका छन्। लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित त्रियुगा नगरपालिका १० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

खोटे सल्लासहित ठाकुर पक्राउ

खोटे सल्ला (सरर) सहित वन कर्मचारीको टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ।

फेसबुक दुरुपयोग गर्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ।

दुई महिलाको हत्या आरोपमा सन्त पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्या आरोपमा ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन्।

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लालकर्ण दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

नेत्रविक्रम चन्दका नाममा पक्राउ पूर्जी जारी

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दलाई पक्राउ पूर्जी काटिएको छ। भोजपुर जिल्ला अदालतले पक्राउ आदेश दिएपछि कपिलवस्तु प्रहरी पक्राउ पूर्जी काटेको हो।

नक्कली नोटको विगविगी: जाली नोटसहित छ पक्राउ

प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

फार्मेसी निर्देशक घुस लिंदै गर्दा पक्राउ

नेपालगन्जको एक रेष्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई प्रक्राउ गरेको छ।

फरार अपहरणकारी चार वर्षपछि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपहरण मुद्दामा अदालतबाट सजाय पाएर चार वर्षदेखि फरार अपराधीलाई शनिबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्