१० कार्तिक २०८१ शनिबार
image/svg+xml

जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित पाँचको मृत्यु

संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गढीबजार नजिकै जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। मकालु गाउँपालिकाकै अर्का स्थानीय सुरेश राईको पनि दुर्घटनामा मृत्यु भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

क्यालिफोर्नियामा पहिरोमा परी १९ को मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

करेन्ट लागेर एकको मृत्यु

इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ।  करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो।

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

महाराष्ट्रमा ४० विद्यार्थी बोकेको डुङ्गा दुर्घटना, चारको मृत्यु

महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्। उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए।

स्कर्पियो दुर्घटनामा एकको मृत्यु, एक घाइते

त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ५ दामेचाैरमा स्कर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भारतको कर्नाटकमा बस दुर्घटना, आठको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ।  पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।  कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो।

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु

अछामको रामारोशन गाउँपालिका ५ मा एक बालकको तरुल खन्ने बेला ढुंगाले च्यापेर एक बालकको ज्यान गएको छ ।

रौतहटमा कठ्यांग्रिएर १५ को मृत्यु

तीन सातायता एक्कासि बढेको चिसोका कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ । पुसको पहिलो सातादेखि बढेको चिसोको कारण जिल्लाको जनजीवन अत्यधिक प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कठ्यांग्रिएर शुक्रबारसम्म ७ महिला र ८ पुरुषको मृत्यु भइसकेको छ।

रौतहटमा चिसोबाट १५ जनाको मृत्यु

झण्डै तीन सातादेखि पश्चिमा चिसो वायुसँगै एक्कासी बढेको चिसोको कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ। पुस महिनाको पहिलो हप्तादेखी एक्कासी बढेको कठ्याँग्रिदो चिसोको कारण जिल्लाको जन जिवन प्रभावित हुनुका साथै ठूलो जनधनको समेत क्षति भएको छ।

चिसोबाट सप्तरीमा थप तीन र कपिलवस्तुमा एकको मृत्यु

अत्यधिक चिसोका कारण सप्तरीमा विहीबार साँझ तीन जनाको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

बालिकाको हत्यापछि पाकिस्तानमा दंगा, दुईको मृत्यु

पाकिस्तानी सहर लाहोरबाट दक्षिणमा रहेको कासुर सहरमा शृंखलाबद्ध रूपमा बालबालिको हत्या हुन थालेपछि त्यसको विरुद्धमा भएको हुलदंगामा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

कञ्चनपुरमा चिसोबाट तीनको मृत्यु

चिसो कठ्याङग्रिएर कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आश्रय लिइरहेका तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ। बनखेतस्थित यस सेवा केन्द्रका अध्यक्ष शारदा चन्दका अनुसार चिसोका कारण गत सोमबार, मंगलबार र बुधबार एक/एक जना गरी तीनजनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्