४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसदीय निर्वाचनमा नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने सम्भावना रहेको छ।

काभ्रे कांग्रेसको संगठन विस्तारमा हप्ते अभियान

फागुन १ देखि ७ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो।

एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल

सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीकै कारण पार्टी विभाजन हुनुपरेको आरोप लगाए।

केही व्यक्ति चोइटिए: ओली

वरिष्ठ नेता नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले अध्यक्ष ओलीले पार्टी विभाजन नभई चोइटिएको बताएका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले केही व्यक्ति चोइटिएर गएको बताए।

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढाउँदा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ।

नेपाल पक्षको मागः सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्नु पर्ने

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ।

नेपाल पक्षको बैठक: नेतृत्वलाई आत्मालोचना गर्न माग

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ।

एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ।

ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन

नेपाल समूहले प्रदेश सरकारका बजेट र नीति तथा कार्यक्रम पारित गर्न संस्थापन पक्षलाई समर्थन गरेपछि एमालेमा विवाद सुल्झिने आशा पलाएको छ।

नेपाल पक्षको अडानः लोकतन्त्रको रक्षार्थ हस्ताक्षर फिर्ता हुन्न

एमाले नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकाल्दै सर्तरहित एकता हुनुपर्नेमा जोड दिएका छन्।

नेपाल पक्षधर भ्रातृ संगठनको चेतावनीः जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन

माधवकुमार नेपाल पक्षधर नेकपा (एमाले)का भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएको छ।

नेपाल पक्ष माथिको कारबाही स्थगन

आइतबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा नेपाल समूहका नेताहरूलाई कारवाही गर्ने कि नगर्ने भन्नेबारेमा विवाद उत्पन्न भएपछि ओलीले नै अहिले कारबाहीको विषयमा कुराकानी नगरौं पछि उनीहरूको विषयलाई हेरेर कारबाहीको प्रक्रिया अघि बढाउँला भन्दै स्थगन गरेका हुन्।

एमालेमा नेपाल पक्षलाई ढोका बन्द !

नेता नेपालले ओलीमा धराहराभन्दा माथिको दम्भ रहेका कारण मिलाउनेभन्दा बिगार्न लागिपरेको बताएका छन्। ‘केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि चढेको छ। हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो, त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनुभएको थियो। त्यो दम्भको कुनै अर्थ छैन। हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं’, नेपालले जनकपुरमा भने।

कारबाही रोक्न खनाल–नेपाल पक्ष सर्वोच्चमा

रिट निवेदनमाथि आइतबार सुनुवाइ हुनेछ। निवेदनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, प्रतिनिधिसभाका सभामुख, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाइएको छ। रिटमा पार्टी अध्यक्षले प्रतिनिधिसभा सदस्यलाई समेत कारबाही गर्नुलाई गैरकानुनी भएको भन्दै संघीय संसद् सचिवालयको नाममा परमादेशको आदेश जारी गर्न माग गरिएको छ।

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबीः सबैलाई कारबाही गरेर देखाउन चुनौती

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्