४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इराक घटनाकाे १४ वर्ष पुरा, घटनाबारे जान्नुपर्ने १० कुरा (भिडियाे सहित)

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको शनिबार १४ बर्ष पुरा भएको छ।

भारतीय सुरक्षाकर्मीद्वारा सीमावासी नेपाली त्रसित

सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्द भारतीय सुरक्षाकर्मीकोे गोली प्रहारबाट आइतबार घाइते भए।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आइतबार ढाका जाने

नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ। ढाकामा हुने १० औं संस्करणको साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो।

नेपालले नपठाए हामी अन्य देशबाट कामदार लिन्छाैं : मलेसियन राजदूत (भिडियाे)

लेसियाका राजदूतले नेपाली कामदार लाने प्रक्रियामा नेपालले आफ्नो देशले भने बमोजिम काम नगरे नेपाली कामदार नलाने बताएका छन्। नागरिकसँगको कुराकानीमा मलेसियन कार्यबाहक राजदूत अहमद फाडिल इस्माइलले मलेसियाले अन्य १४ मुलुकमा लागु गरे जस्तै जी ४ वा सो सरहको नियम पालना गरे मात्रै कामदार लान सकिने बताए। जी टू जी मोडलले कामदारको लागत घट्ने पनि उनको भनाइ छ।

नेपाली नागरिक भारतमा लुटिए

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्।

द्वन्द्वकालिन बाल्टिन बम सेनाद्वारा डिस्पोज

माथागढी गाउँपालिका–४, बोहखर झडेवामा भेटिएको बेबारिसे बाल्टिन बम नेपाली सेनाले निष्क्रिय बनाएको छ। द्वन्द्वकालको समयमा राखेको हुनसक्ने बताइएको बम गोरखदल गणका बम डिस्पोजल सेक्सन टोलीले डिस्पोज गरेको हो।

इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले विहिबारका लागि १ अमेरिकी डलर बरावर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।

बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो।

मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मान्छे इराक

सन् २००४ को जुलाई ३० तारिखमा ३५ नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम गर्न जोर्डन जाने अनुमति पाएका थिए । जोर्डनको लागि श्रम स्वीकृति पाएका तीमध्ये १२ नेपाली झन्डै एक महिनापछि हिंसाग्रस्त इराकमा मारिए।

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।

सँगै गएका १२ नेपाली मारिंदा यसकारण बाँचेका थिए गोरखाका विप्लव (भिडियो)

नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।

साफ च्याम्पियनसिपमा सहभागिता जनाउने फुटबल टाेलीकाे घाेषणा

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरन श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन।

करबारे काँग्रेसको प्रशिक्षण

स्थानीय तहहरुले जथाभावी कर संकलन गरेको भन्ने आरोप आइरहेका बेला नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखलाई करबारे प्रशिक्षण दिन थालेको छ।

अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

आगामी भाद्र १३ गतेदेखि मलेसियामा हुने एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारी स्वरुप श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो तथा अन्तिम अभ्यास खेलमा समेत जित हात पारेको छ।

दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

दुई नेपाली खेलाडी एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्। इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सका २ नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्