२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अवैध लागुऔषधसहित ४ युवती पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य ४ युवतीलाई पक्राउ गरेको छ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने डिपो प्रमुखसहित ३ पक्राउ

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले साेमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ।

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।

बलात्कारका दुई आरोपी पक्राउ

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

यार्सागुम्बा सहित चार जना पक्राउ

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुुवागढीबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ थुमनका ३१ वर्षीया इमान घले, २६ वर्षीया सुर्य बहादुर घले, २९ वर्षीया जिल बहादुर घले र नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीया मंगले तामाङ रहेका छन्।

दाईको कोरियन भाषा परीक्षा दिन आएका भाइ पक्राउ

नक्कली परीक्षार्थी बनी परीक्षा दिन आएका एक जना प्रहरीको फन्दामा परेका छन्। तेह्रथुम घर भएका वौद्ध बस्ने १८ वर्षीय अशोक लिम्बुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन्।

कोरियन भाषा परीक्षा : ४७ नक्कली विद्यार्थी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्