२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधसहित ४ पक्राउ

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले लागु औषधसहित चारजनालाई पक्राउ गरेको छ।

परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा काठमाडौँका सुनिल श्रेष्ठ, रविन्सन महर्जन, रवीन शाही र काभ्रेपलाञ्चोकका राजकुमार तामाङलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रहरीले उनीहरुसँग डाइजेल्याब १२७ थान, नुर्फिन १०२ थान, फेनार्गन २९८ थान, डेल कम्पनीको ल्यापटप एक थान, लागु औषध खरिद बिक्रिमा प्रयोग हुने मोबाइल १६ थान र नगद ७ हजार ५०५ बरामद गरेको छ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।  (रासस)

प्रकाशित: २७ जेष्ठ २०७५ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App