८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अर्घाखाँचीमा दुई पुरुषको मृत्यु

भुमिकास्थान–८ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि १३ गते अर्घाखाँची अस्पतालमा भर्ना गरिएको थियो। समस्या बढेपछि बिहीबार उनलाई काठमाडौ लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रवार मृत्यु भएको हो।

कोरोना संक्रमणबाट गोरखामा दुई दिनमा दुई जनाको मृत्यु

कोरोनाका कारण गोरखामा सोमबार र मंगलबार दुई दिनमा दुईजनाको मृत्यु भएको छ। सोमबार भीमसेन थापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यु भएको थियो। मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यु भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए।

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्