२ मंसिर २०८१ आइतबार
image/svg+xml

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।

सुदूरपश्चिमको साँघुरो हार

पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले अन्तिम पाँच ओभरमा निकै कसिलो बलिङ गरेपछि सुदूरपश्चिम जितनजिक पुगेर पनि पराजित भयो। अन्तिम ओभरमा पनि सुदूरलाई जितका लागि ६ रन आवश्यक भए पनि करणले तीन रन मात्र दिए।

हङकङसँगको हारले विश्वकप सपनामा धक्का

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खुड्किलोको रूपमा रहेको एसिया छनोटमा सोमबार हङकङसँग ६ विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको हो।

स्मिथ र फिन्च ट्वान्टी–२० टोलीमा

कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।

ट्वान्टी–२० क्रिकेट: डोडको पहिलो शतक

डोडले नटआउट १ सय ३३ रनको इनिङ खेल्दा डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनेको थियो।

जनकपुरलाई पोखरामा टी–२० क्रिकेट उपाधि

पोखरामा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।

जनकपुर र चितवन सुपर जनरल टी–२० उपाधिको लागि भिड्ने

सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब भिड्ने भएका छन् ।

मिक्समाण्डु ५ विकेटले पराजित

सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिगको समीकरण टुंगिदा जनकपुर क्रिकेट संघले सेमिफाईनलको आतिथ्यता सुपर जनरल पोखरा–११ सँग हुनेछ ।

बालुवाटारलाई पराजित गर्दै पोखरा–११ सेमिफाईनलमा

चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि सुपर जनरल पोखरा–११ ले बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।

सुपर जनरल टी–२० लिग, चितवन सेमिफाईनलमा

टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ।

सुपर जनरल टी–२० क्रिकेट लिगको तालिका सार्वजनिक

सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

रोमाञ्चक जितबाट भारतलाई शृंखला

भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो, तर पाण्ड्याले अन्तिम ओभरको चार बलमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए।

वर्षाले खेल रद्द

वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।

इङ्ल्यान्डले विशाल लक्ष्य भेट्टायो

मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्