१५ असार २०७९ बुधबार

दुई वर्षभित्र सबै नेपाली माझ विद्युत सेवा पुर्‍याउछौं: ऊर्जामन्त्री भुसाल

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन्।

सरकारले जग्गा धितो राख्न रोक लगाएन: मन्त्री श्रेष्ठ

त्यस्तै मन्त्री श्रेष्ठले यसो गर्नुको मुख्य उद्देश्य कृषियोग्य जग्गाको संरक्षण र खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउनु रहेको उल्लेख गरिन्।

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन्: परराष्ट्रमन्त्री

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन्।

बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी छन्।

पछिल्लो समय भएको मूल्यवृद्धिको अनुगमन गर्न उद्योगमन्त्री बडूको माग

आईतबार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्ने बताएका हुन् ।

राज्यमन्त्री बिमला प्रकरणः सकियो छानविन, प्रतिवेदन तयार गरिँदै

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले एक महिला र नाबालिका माथि कुटपिट गरेको घटना माथि प्रदेश सरकारले छानविन पुरा गरेको छ।

करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले करसँगै पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो।

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।

अर्थतन्त्रमा समस्या देखिएको छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन्।

घुस लेनदेन अडियोबारे छानवीन भइरहेको छः कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौँका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानवीन भइरहेको बताएका छन्।

चीन-भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन्ः विदेशमन्त्री वाङ

चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन्।

मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्।

जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'

नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।

मिति घोषणा नहुँदै उम्मेदवारी घोषणा गर्ने लहर

सरकारले असार अन्तिम सातासम्म निर्वाचन घोषणा गर्ने तयारी गरेका बेला काठमाडौंसहितका विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने लहर सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्