१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा दुई गम्भिर घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कचनापुर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन्।

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बन्ने

काठमाडौं महानगरले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साढे दुई किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ।

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नक्कली चेकबाट पैसा निकाल्ने गिरोह मोटरसाइकल चोर

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन्। होस पुर्‍याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं. को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएका एक वृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छन्।

मोटरसाइकल व्यवस्थापन गर्नै कठिन

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने सँगै सवार रहेका एक घाइते भएका छन्। मदन भण्डारी स्मृति लोकमार्गअन्तरगत चौदण्डीगढी नगरपालिका ९ भिमास्थित सडकमा अनियन्त्रित भएर लड्दा त्यसमा सवार सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विकको मृत्यु भएको हो।

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी

प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । सुर्खेतबाट चोरी गरेर मोटरसाइकलहरु बाहिरी जिल्लामा पु-याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा संलग्न दैलेखको चामुण्डाविन्द्रासैनीका प्रशान्त शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु

उदयपुरको कटारीकी एक बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। दुई दिनअघि कटारी नगरपालिका ३ का रामनारायण दास सवार स ९ प २०७ नं.को मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी कटारी ३ हडैयाकी ३ वर्षीया जिज्ञासा अधिकारी दनुवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्