७ वैशाख २०८१ शुक्रबार

नेपालगन्ज–पोखरा सिधा उडानले पर्यटन क्षेत्रमा उत्साह

यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन्। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै हुने विश्वास गर्छन्।

आन्तरिक पर्यटकलाई प्याकेज

नेपालगन्जले पनि १० हजार रूपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ। नेपालगन्ज र आसपासका पर्यटकलाई पोखरा ल्याउन र पोखरा तथा वरपरकालाई नेपालगन्ज सहित पश्चिमका गन्तव्यमा पठाउने पहलस्वरूप प्याकेज ल्याएको व्यवसायीले बताएका छन्।

निजी स्तरबाट नेपालगन्ज–पोखरा सिधा ‘चार्टर’ उडान

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सरकारले बेवास्ता गरेपछि निजी स्तरबाट पहल सुरु गरिएको छ। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरको पहलमा शुक्रबारबाट ‘चार्टर’ उडान सुरु गरिएको हो। सिता एयरको १८ सिटे जहाज चार्टर गरेर नेपालगन्ज–पोखरा सिधा उडान सुरु गरिएको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्