८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गाउँबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

जिल्ला प्रशासन कार्यालय रसुवाले गाउँबाटै प्रतिलिपि नागरिकता वितरण सुरु गरेको छ। २०५५ साल यता जारी भएका नागरिकताको प्रतिलिपि जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङबाट वितरण सुरु गरेको हो।

रसुवामा चौरीपालन व्यवसाय घट्यो

रसुवामा चौरी पाल्ने कृषक घट्दै गएका छन्। भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण हुन नसक्दा कृषकले चौरी पाल्न छाडेका हुन्।

१५ लाख बराबरकाे अवैध सामान बरामद

भन्सार छलेर ल्याइएका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेकाे छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भन्सार छलि ल्याएकाे करिब १५ लाख मुल्य बराबरका जुत्ता तथा क्याप सशस्त्रले बरामद गरेकाे हाे।

चार दशकपछि खम्बा नाच

रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि खम्बा नाच देखाइएको छ । हरेक वर्ष भाइटीकापछि आउने पहिलो मंगलबार यो नाच देखाउने गरिन्छ ।

जेलमै मासिक १५ हजार आम्दानी

रसुवा कारागारमा परम्परागत सामग्री निर्माण गरेर निरबहादुर लामाले मासिक १५ हजारसम्म आम्दानी गरिरहेका छन्।

रसुवामा लक्ष्यको तुलनामा ४ सय प्रतिशत राजस्व

रसुवागढी भन्सार कार्यालयले असोजमा लक्ष्यभन्दा करिब चार सय प्रतिशतले बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजस्व संकलन गरेको हो ।

रसुवागढीमा नयाँस्तम्भ

रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ मा रहेको ऐतिहासिक स्थल रसुवागढीमा नयाँ स्तम्भ निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले निर्माण गरेको स्तम्भमा नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको छ।

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा भित्रिँदै

नाका रसुवागढीबाट भेडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेडाच्यांग्रा आयात सुरु भएको हो।

रसुवागढी नाका हुँदै १९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ।

केरुङ जान रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा पाउने

चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा (वान डे पास) पाउने भएका छन्।रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ।

रसुवाका दुई पुल समय अघि पूरा

निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको आरोप लागेका बेला रसुवा कन्सट्रक्सनले भने समय अघि आयोजना पूरा गरेको छ।

रसुवाको पीडा

हिमाली जिल्ला रसुवा राजधानीबाट नजिक भएर पनि विकासका निकै दृष्टिले पछि परेको छ । भूकम्पपछि त यहाँको जनजीवन झनै खस्केको छ । भूकम्पले माववीय, भौतिक मात्र नभई सांस्कृतिक, आर्थिक, क्षेत्रमा पनि ठूलो क्षति भएको छ । प्राकृतिकरूपमा पनि धेरै नोक्सानी भएको छ ।

रसुवागढी अध्यागमन कार्यालयमा इम्मी प्रणाली जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको अध्यागमन कार्यालयमा इम्मी सफ्टवेयर जडान गरिएको छ। देशभर रहेका अध्यागमन कार्यालयको सुधार अन्तर्गत रसुवागढी अध्यागमनमा इम्मी सफ्टवेयर प्रणाली जडान गरिएको हो। केआइओएसके जडान गरिएसँगै विदेशी नागरिकले अनलाइन फर्म भर्न सक्ने भएका छन्।

माथिल्लो मैलुङ दसैंपछि निर्माण सुरु हुने

रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य दसैंपछि सुरु हुने भएको छ । आयोजना निर्माणका लागि अहिले आयोजनास्थलसम्म सडक खन्ने काम भइरहेको छ।

रसुवाको गंगटेखोलामा पुरुषको लास फेला

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ गंगटे खोलामा पुरुषको लास फेला परेको छ। कुहिएको अवस्थामा फेला परेको लास पुरुषको भन्ने एकिन भएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्