८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढीमा सवारी नियमित नहुँदा आयात–निर्यात घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रसुवागढी नाकामा आयात तथा निर्यात दुवै घटेको छ । साउन र भदौ महिनामा नाका जोड्ने सडक अवरुद्ध हुँदा आयात तथा निर्यात घटेको हो।

निर्माण सम्पन्न हुनुपर्ने समयमा आयोजनाको ८५ प्रतिशत काम सम्पन्न

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाले यही महिना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

रसुवाको टिमुरेमा पहिरो जाँदा २ को मृत्यु, ९ जना घाइते

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन्।

उमेर बढाएर नागरिकता बनाउने क्रम बढ्यो

रसुवामा उमेर बढाएर नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानका लागि उमेर बढाएर नागरिकता बनाउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ।

पहिलो किस्ता बुझेर चुपचाप

भूकम्पले क्षति गरेको घर निर्माणका लागि पहिलो किस्ता बुझेका रसुवाका आठ सयभन्दा बढी लाभग्राहीले घर निर्माण सुरु नै गरेका छैनन्।

रसुवागढी जोड्ने नाका पहिरोले अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।

रसुवामा स्याउ उत्पादन घट्यो

रसुवामा यस वर्ष स्याउ उत्पादनमा कमी आएको छ । जिल्लामा स्याउ उत्पादन गर्ने कृषककोे संख्यामा वृद्धि हुँदै गए पनि स्याउ उत्पादन भने बर्सेनि घट्दै गएकाले स्याउ किसान चिन्तामा परेका छन्।

प्रधानाध्यापकको आँगन मै विद्यालय

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा भूकम्प गएको तीन वर्षपछि पढाइ सुरु भयो। भूकम्पले बगरमा परिणत भएको लाङटाङमा बस्ती पुनस्र्थापित भएको दुई वर्षसम्म पनि नेपाल राष्ट्रिय प्रावि खुल्न सकेन।

रसुवागढी भन्सारमा सोमबारदेखि राजश्व संकलन सुरु हुने

रसुवागढी भन्सार कार्यालयमा सोमबारदेखि राजश्व सङ्कलन हुने भएको छ। बाढीपहिरोको कारण एक महिना ठप्प भएको नाकामा सवारी सञ्चालन सुरु भएको भएपनि व्यापारी आउने क्रम भर्खरै सुरु भएकाले राजश्व उठाउने कार्य ढिला भएको हो।

रसुवागढी नाका खुल्याे, सवारी चल्न थाले

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि सवारी साधन सञ्चालन सुरु भएको छ। नाका जोड्ने धुन्चे रसुवागढी सडक खण्डको मर्मत गरेसँगै नाकामा साना ठुला सवारी साधन चल्न थालेका छन्।

जाली चोर्ने दुई पक्राउ

रसुवामा जाली चोरी गर्ने दुई जना पक्राउ परेका छन् । कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

अझै भएन स्थानान्तरण

भूकम्प गएको ३९ महिना बितिसकेको छ । भूकम्पका कारण असुरक्षित मानिएका क्षेत्रमा रहेका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन।

चोरी गरेको आरोपमा दुई पक्राउ

रसुवामा जाली चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङ रहेका छन्। चोरीमा संलग्न रहेका रमेश अधिकारी फरार रहेको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए। सिम्ले भोर्ले सडक खण्डको लागि बुनिएका ९ थान जाली र नबुनेको एक रोल तार उनीहरूले चोरी गरेका थिए।

रसुवागढी नाका जोड्ने सडक सोमबारदेखि खुल्ने

रसुवागढी नाका जोड्ने सडक सोमबारदेखि सञ्चालनमा अाउने भएकाे छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा बाढीले क्षति गरेको सडक आइतबार व्लाष्टिङ गर्दा माथिको पहरा झरेर खोलामा बेस बसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्