१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गरेका थिए।

‘१५ वर्षको उमेरमा बलात्कृत भएँ’

हलिउड अभिनेत्री डेमी मूरले १५ वर्षको हुँदा बलात्कार भएको बताएकी छिन्। गुड मनिङ अमेरिकासँग कुराकानी गर्दै उनले १५ वर्षको हुँदा एक व्यक्तिले उनको आमालाई पाँच सय अमेरिकी डलर तिरेको भनेर बलात्कार गरेको बताइन्।

उत्साहित जेनिफर लोपेज

गायिका तथा अभिनेत्री जेनिफर लोपेज अभिनित ‘हस्टलर्स’ रिलिज भएसँगै उत्साहित छिन् । रिलिज भएकै सातामा बक्सअफिसमा दोस्रो स्थानमा परेको ‘हस्टलर्स’ ले उनलाई फिल्म क्षेत्रमा फर्काएको दाबी फिल्म समीक्षकहरूले गरिरहेका छन् ।

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छिन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन्।

एम्माले सुरु गरिन् परामर्श लाइन

अभिनेत्री एम्मा वाटसनले कार्यक्षेत्रमा हुने यौन उत्पीडनलाई निरुत्साहित गर्न कानुनी परामर्श लाइन सुरु गरेकी छिन्। ‘टाइम्स अप युके’ अभियानले कार्यक्षेत्रमा काम गर्ने महिलाहरूलाई प्रोत्साहित गर्न त्यसभित्र हुने हिंसाविरुद्ध निशुल्क परामर्श सुरु गरेको हो।

महिला मुद्दा बेवास्ता गर्ने अभिनेत्री विवादमा

अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेजबाट सेयर गरेकी अर्की अभिनेत्री केकी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ।

‘मिसन मंगल’ को पोस्टरप्रति तापसीको आपत्ति

बलिउड अभिनेत्री तापसी पन्नुले ‘मिसन मंगल’ को पोस्टरमा अभिनेता अक्षय कुमारलाई बढी प्राथमिकता दिएको विषयमा आपत्ति जनाएकी छिन। भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अभिनेत्री पन्नुले फिल्मका पाँच मूख्य अभिनेत्रीहरूको तुलनामा अभिनेता अक्षय कुमारका फ्यानहरू धेरै भएकाले फिल्ममेकरले उनलाई प्राथमिकता दिएको दाबी गरेकी छिन।

ट्राफिक जामको मारमा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा वर्षाको कारण प्रभावित रहेको मुम्बईको ट्राफिक जाममा फस्दाको अनुभवबारे अभिव्यक्ति दिएकी छिन्। हालै उनका पति भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग आइसिसी वल्र्ड कपबाट फर्किएकी अभिनेत्री शर्मा कारभित्र निराश भएर खिचेको भिडियो इन्स्टाग्राममा राखेकी छिन्।

दुःख नगरी सुख पाइन्न

अध्याँरो कोठाको स्टेजमुनि बसेका युवा पुस्ताहरू कथा सुन्न आतुर थिए। लाईटले केन्द्रित गरिएको स्टेजमा आफ्नो कथा सुनाउँदै थिइन्, अभिनेत्री शिल्पा मास्के। द स्टोरी यलर्सले आयोजना गरेको कार्यक्रममा उनी आफ्नो असफलताले भरिएको जीवनलाई सकारात्मक सोचका कारण सफलतातर्फ मोड्न सफल भएको प्रेरणादायी कथा सुनाउँदै थिइन्।

‘क्यान्सर भनेको मेन्टल्ली डेथ होइन’

अभिनेत्री मनिषा कोइराला क्यान्सरमुक्त भएर स्वस्थ जीवन बाँचिरहेको सात वर्ष भयो। यो अवधिमा उनले आफूलाई सृजनात्मक काम गर्न प्रोत्साहन गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेकी छिन्। ‘क्यान्सरमुक्त भएर राम्रो स्वास्थ्य अवस्थामा रहेको सात वर्ष भयो। मेरो सृजनात्मक भोकको सन्तुष्टीको लागि काम गरिरहेको छु। त्यसैले समाजमा फर्किनु भनेको स्नेह हो न केवल कर्तव्यमात्र हो। तर, शुद्ध प्रेम हो। यसका लागि म कृतज्ञ छु,’ अभिनेत्री मनिषा कोइरालाले फोटोसहितको ट्वीटमा उल्लेख गरेकी छिन्।

अभिभावकको रोजाई सुशील केटा

अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन्। उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन्।

‘सफलताको ग्यारेन्टी कसैले दिदैँन’

अभिनेत्री कट्रिना कैफले बलिउड प्रवेश गरेको १६ वर्ष पूरा गर्दाको उतार–चढाव रोचक भएको अनुभव सुनाएकी छिन। आफ्नो ३६ औं जन्मदिन मनाइरहँदा उनले बलिउडमा १६ वर्षको अवधिमा सफलता र असफलतालाई महसुस गर्न पाएको अनुभव सुनाइन।

श्रीमानविरुद्ध शिल्पाले दिइन उजुरी, घरेलु हिंसाको आरोप

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले ३ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा श्रीमानबाट घरेलु हिंसा भएकाले सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्।

‘मलाई बलात्कृत महसुस गराइयो’

बलिउड अभिनेत्री इसा गुप्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतको राजधानी दिल्लीमा केन्द्रित रेस्टुरेन्ट सञ्चालकले अनुचित व्यवहार गरेको खुलासा गरेकी छिन्।

सांसद, अभिनेत्रीलगायतको एसइईपछिको योजना, करिश्मा दोधारमा

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक भएसँगै उत्तीर्ण सांसद, अभिनेत्रीलगायतले एसइईपछिको विविध सपनाका सँगालेका छन्। यसवर्षको एसइईमा सहभागी प्रतिनिधिसभा सदस्य शान्ता चौधरी बि ग्रेड र उनकी छोरी बिनु चौधरी बि प्लस ग्रेडसहित उत्तीर्ण भएका छन्। चर्चित अभिनेत्री करिश्मा मानन्धरले पनि बि प्लस ग्रेड ल्याएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्