५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारत–पाकिस्तान बढ्दो तनाव

जम्मुकास्मिरको पुलवामा भएको आत्मघाती हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बुधबारसम्म आइपुग्दा सानोतिनो युद्धकै रुप लिएको छ।

आतंकवादी क्याम्पमा प्रहार नभएको पाकिस्तानको खण्डन

भारत–पाकिस्तान सीमा, लाइन अफ कन्ट्रोललाई उल्लङ्घन गरी पाकिस्तान अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमानले बम प्रहार गरेको गरेको पाकिस्तानले जनाएको छ।

अफगानिस्तानमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

चिनियाँ दूतावास हमलामा भारतको हातः पाकिस्तान

पाकिस्तानले कराँचीस्थित चिनियाँ महावाणिज्य दूतावासमा भएको हमलामा भारत जिम्मेवार रहेको आरोप लगाएको छ। शुक्रबार दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुई सुरक्षाकर्मीसहित ७ जनाको ज्यान गएको थियो। जसमा दुई सर्वसाधारण र ३ जना आक्रमणकारी छन्।

ड्रोन हमलापछि भेनेजुएलाको राजनीतिमा तरंग

राष्ट्रपति निकोलस माडुरोले शनिबार एउटा सैनिक कार्यक्रममा सम्बोधन गरिरहेका बेला गराइएको ड्रोन आक्रमणपछि भेनेजुएलाको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।

अमेरिकी राजदूतको माथि हमला

बंगलादेशको राजधानी ढाकामा बंगलादेशका लागि अमेरिकी राजदूत बोकेको गाडीमाथि हतियारधारी मानिसले शनिबार राति आक्रमण गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

गाजामा शक्तिशाली हमला

हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ। यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ।

अफगानिस्तानमा बम हमला,कम्तिमा १९ जनाको मृत्यु

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

काबुलमा आत्मघाती हमला, कम्तीमा ८ जनाको मृत्यु

आत्मघाती बम विष्फोटमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफ्गानिस्तानको राजधानी काबुलमा जम्मा भएका मुस्लिम समुदायका मानिसहरुलाई लक्षित गरी सोमबार भएको विष्फोटमा दर्जनौ घाइते भएका छन्।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ।  ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्।

अमिताभ बच्चनमाथि प्रकाश राजको हमला

साउथ इण्डियनसहित बलिउडकै चर्चित खलनायक प्रकाश राजले अमिताभ बच्चनमाथि हमला बोलेका छन्। बलिउडका दिग्गज अभिनेता एवं ‘विग बी’ अमिताभलाई ‘कायर’को संज्ञा दिएका हुन्। प्रकाशको बयानले पुरै उद्योगमा तरंग ल्याएको छ।

नाइजेरिया हमलामा कम्तीमा २७ जनाको मृत्यु

नाइजेरियाको उत्तर-पूर्वी क्षेत्रमा भएको आत्मघाती हमलामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । भने दर्जनाै‌ घाइते भएका छन्।

कांग्रेसमाथि ओलीको हमला

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिक्रियावादीको संज्ञा दिएका छन्।  आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा राष्ट्रियसभा गृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीबाट कम्युनिष्टहरुलाई निषेधको प्रयास भएको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्