२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:५८ अपराह्न

नेपाली कलामा प्रेमभाव

कलाकारको कलामाथि प्रेम जागेन भने सम्भवतः कला नै अपुुरो हुन्छ। कला पूरा हुन नसक्नुले उनलाई पीडाबोध भइरहेको हुन्छ। राम्रो–नराम्रो आफ्नो सिर्जनालाई जतनसँग राख्नु त्यसै पनि मायाको द्योतक हो। भनेजस्तो प्रतिफल नदेखिएपछि ऊ र क्यानभासको एक–अर्कालाई माया गर्ने क्रम बनिरहेकै हुन्छ। एउटा उदाहरण हेरौँ, अमूर्त–कला बनाइरहेका कलाकार जब क्यानभासको अथाह चित्रपटमा रङ बगाइरहेको हुन्छ, रङहरूसँग खेलिरहेको हुन्छ, सकिएजस्तो देखिने उनका चित्र सकिएको हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्