६ आश्विन २०८१ आइतबार
image/svg+xml

फास्टट्रयाक प्रभावित स्थानीयका समस्याबारे सरकार सचेत छ : रक्षामन्त्री

रक्षामन्त्री इश्वर पोखरेलले फास्टट्रयाक प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका समस्याबारे सरकार सचेत रहेको बताएका छन्।

जिल्लास्तरका दुई दर्जन सरकारी कार्यालय खारेज

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरका करिब दुई दर्जन भन्दा बढी सरकारी कार्यालहरू आजबाट खारेज हुने घोषणा गरेको छ।

चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे।

सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाएका छन्।

सकसमा दुर्गमको सरकारी अस्पताल

सदरमुकामबाट २८ कोष टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकीमा आधारभुत आवश्यकताका सामग्री छैनन्। एक हेल्थ असिस्टेन्ट, एक अहेब र ३ अनमी कार्यरत यो स्वास्थ्य संस्थामा औषधि त पर्याप्त छैन नै, ड्रेसिङ गर्ने सामान्य टेबुल समेत छैन्।

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृति नवीकरणलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ।

सकसमा दुर्गमका सरकारी अस्पताल

सदरमुकामबाट २८ कोश टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकिमा आधारभुत आबस्यकताका सामग्री समेत छैनन्।

वन अतिक्रमण हटाउन सरकारी निकाय नै बाधक

जिल्लामा भएको वन अतिक्रण नियन्त्रण गर्न सरकारी निकाय नै बाधक देखिएका छन्। राष्ट्रिय वन अतिक्रमण गरेर बसाइएका जिल्लाका ६ वटा बस्तीमा विकास पूर्वाधार पु-याएर सरकारी निकायले वन अतिक्रमणमा साथ दिएका हुन्।

ट्याक्सी एकाधिकारलाई सरकारकै संरक्षण

सार्वजनिक यातायातको सिन्डिकेट विरुद्ध आक्रामक देखिएको सरकारले नै ट्याक्सीमा भने सीमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ।

बजेट ल्याउने तयारीमा सरकार

प्रदेश नम्बर ५ को सरकार बजेट निर्माणमा जुटेको छ। चैत मसान्तमा चालू वर्षको बजेट ल्याउने गरी तयारी भइरहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले बताए। पहिले नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि सोही अनुसार सरकारले बजेट ल्याउने छ।

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए।  विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

सरकार झुट र भ्रमको खेतीमा लाग्यो : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाएका छन्। बुधबार दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाए। सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उनको तर्क छ।

सरकारी सुविधा लिनेले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ। आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो।

फेरि साढे १४ अर्ब ऋण उठाउँदै सरकार

आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण लिएर खर्च धान्दै आएको सरकारले पछिल्लोपटक १४ अर्ब ६१ करोड रुपैयाँ उठाउने भएको छ।

सरकारद्वारा विदेश भ्रमणमा रोक

केपी ओली सरकारले न्यायपरिषद्सहित विभिन्न निकायबाट वैदेशिक भ्रमणको सैद्धान्तिक स्वीकृतिका लागि आएको निवेदन अस्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्