१० मंसिर २०८१ सोमबार
image/svg+xml

गुठी जग्गामा चलखेल, किसानका पुर्जै गायब

घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ। उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन। ‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता आएको छैन।’ उनले आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म पाएका छैनन्। ‘पुर्जा दिनुस् भनेर एकजनालाई फोन गरें, मलाई उनको नाम पनि थाहा छैन,’ चौधरीले भने, ‘काठमाडौंमा छु, दाङ आएर दिन्छु भने तर अहिलेसम्म फिर्ता पाइएको छैन।’

विद्यार्थी तानातान

घोराही उपमहानगरपालिका–३ क्वाडी प्राविमा गत वर्ष ७० जना विद्यार्थी थिए। यस वर्ष विद्यालयले सो संख्या बढाउने रणनीति लियो। फलतः विद्यार्थी भर्ना अभियानअन्तर्गत शिक्षकहरू गाउँगाउँ पुगेर विद्यार्थी भर्नाका लागि अनुरोधसमेत गरे। तर विद्यार्थी संख्या बढ्न्ुको साटो झनै घट्यो। अहिले सो विद्यालयमा विद्यार्थी संख्या घटेर ५९ पुगेको छ। ‘विद्यार्थी संख्या बढाउन गाउँगाउँमा पुगेर अभिभावकहरूसँग अनुरोध पनि गर्‍यौं,’ प्रधानाध्यापक लक्ष्मीमान चौधरीले भने, ‘अभिभावकहरूले विद्यार्थी पठाइदिने आश्वासन पनि दिए, तर विद्यार्थी बढ्लान भनेको झनै घटे।’

एक वर्षमै उप्कियो कालोपत्रे

सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ।

अब दुर्गममा पनि बैंक

पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ।

कसैलाई सुविधा कसैलाई घाँडाे

घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरूको प्रयोगका लागि भनेर १६ वटा मोटरसाइकल खरिद गर्‍यो। १९ वटा वडा रहेको सो उपमहानगरले तीनजना वडाध्यक्षका लागि अपुग मोटरसाइकल तत्कालै खरिद गर्ने जनाएको छ। टिभिएस कम्पनीका ती मोटरसाइकल केही वडाध्यक्षले प्रयोग गर्न पनि थालिसके। तर केही वडाध्यक्ष सरकारी मोटरसाइकल प्रयोग नगर्ने भन्दै अडान लिइरहेका छन्।

मेलमिलापबाटैै मुद्दा किनारा

घोराही उपमहानगरपालिकाकोे न्यायिक समितिले गत आर्थिक बर्षमा १ सय ५ मुद्दा किनारा लगाएको छ । न्यायिक समितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरि गत अर्थिक बर्षमा २ सय ५६ मुद्दा दर्ता भएको र ति मध्ये १ सय ५ मुद्दा छिनोफानो गरिएको जानकारी दिएको हो । १ सय ५१ मुद्दा छानविनको प्रक्रियामा रहेको पनि समितिले जनाएको छ ।

बसको ठक्करबाट मृत्यु भएपछि घोराही तनावग्रस्त

बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि दाङको घोराही बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तहरुले अहिले बजार पूर्ण रुपमा ठप्प पारेका छन् भने यातायात सेवा समेत ठप्प बनेको छ। प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।

आगलागीबाट १२ लाखको क्षति

घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ ।

घोराही र पर्सामा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले दाङको घोराही र चितवनको पर्सामा शाखा खोलेको छ । घोराही शाखाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरेको बैंकले जनाएको छ।

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा खोलेको छ । बुधबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

घोराहीमा थारु भाषा सरकारी कामकाजको भाषा बनाइने

घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्