८ आश्विन २०८१ मंगलबार
image/svg+xml

१७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याइयो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको १७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याएको छ। यही चैत ११ गते जिल्लाको राम्चेसम्म ल्याइएको सिमेन्ट लकडाउनका कारण त्यही राखिएको थियो।

रसुवागढी नाकाबाट अत्यावश्यक सामग्री आयात गर्ने बारे छलफल

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अत्यावश्यक सामग्री आयात गर्ने बारेमा छलफल भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणमा तथा रोकथामका लागि आवश्यक सामग्री तथा अन्य अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खोल्ने विषयमा छलफल भएको हो ।

रसुवागढी नाका नखुलाउन माग गर्दै प्रशासनलाई पत्र

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआएसम्म नाका खुलाउन नहुने भन्दै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।

रसुवागढी नाकामा कोरोना परीक्षण गर्न भवन निर्माण

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि भवन निर्माण भएको छ। विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जाँचका लागि भवन नहुँदा समस्या सिर्जना भएको थियो।

रसुवागढी नाका खोल्ने बारे अन्योल

चीनबाट स्थलमार्ग हुँदै आउने अत्यावश्यक सामग्री रसुवागढी र तातोपानी नाकाबाट ल्याउने तयारी छ। सरकारले अत्यावश्यक सामग्री आयात गर्नका लागि हाल बन्द अवस्थामा रहेका दुवै नाका खोल्ने निर्णय गरिसकेको छ।

सुनसान बन्यो रसुवागढी नाका

विश्वव्यापी रूपमा महामारी बनेर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका बन्द भएपछि रसुवागढी सुनसान बनेको छ।

गल्छी–मैलुङ सडक, ६० प्रतिशत काम सकियो

रसुवागढी नाका जोड्ने छोटो दूरीको गल्छी–मैलुङ सडक स्तरोन्नतिको काम ६० प्रतिशत सकिएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाइएकोमा गल्छीदेखि मैलुङसम्मको ६० प्रतिशत काम सकिएको हो।

अझैं खुलेन रसुवागढी नाका

नेपालतर्फ स्वास्थ्य सेवा व्यवस्थित हुन नसक्दा रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने भएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेक्सलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म नाका सञ्चालन ल्याउन नसकिने भएको हो।

गल्छी–रसुवागढी सडक : स्तरोन्नति समयमै सक्न निर्देशन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको अवस्थाबारे अवलोकन गर्न आएको सडक विभागको टोलीले समयमै काम सक्न निर्देशन दिएको छ।

हेल्थ डेक्समा जनशक्ति अभाव

रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा आवश्यक न्यूनतम सामग्री तथा जनशक्तिको अभाव देखिएको छ। त्यहाँ आइतबारदेखि परीक्षण थालिएको हो।

बुधबारदेखि रसुवागढी नाका बन्द गरिने

बुधबारदेखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ। मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले भोलिदेखि नाका बन्द गर्ने निर्णय गरेको हो।

रसुवागढीमा पर्यटकको स्वास्थ्य परीक्षण

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। उक्त नाका हुँदै नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने सम्भावना भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

रसुवागढी नाकाबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्ने तयारी

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। नाकाबाट नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

हिमपातका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

रसुवागढी नाकामा बिहीबारदेखि आयात निर्यात ठप्प भएको छ। चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयात निर्यात रोकिएको हो। हिउँ परेपछि आयात निर्यात रोकिएको केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्