५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रसुवागढीमा पर्यटकको स्वास्थ्य परीक्षण

रसुवा – रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। उक्त नाका हुँदै नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने सम्भावना भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले नाकामा तीन दिनभित्र आवश्यक उपकरणसहित जनशक्ति व्यवस्थापन गर्न जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।

यो नाकाबाट पर्यटकको आगमन बढ्दै गएका कारण सतर्कता अपनाउन आवश्यक भएकाले उक्त निर्णय गरिएको प्रजिअ अर्जुन भण्डारीले बताए। नाकामा रहेको हेल्थ डेक्सबाट तत्काल सेवा सुरु गर्न सकिने अवस्था नरहेको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए। ‘अहिले सामान्य परीक्षण गर्न सक्ने अवस्था मात्र छ,’ उनले भने, ‘नयाँ भाइरसको परीक्षणका लागि उपकरण तथा जनशक्ति छैन।’ सम्भावित लक्षण देखिएका व्यक्ति आएको खण्डमा उसको स्याम्पल लिएर देशबाहिर पठाउनुपर्ने अवस्था छ।

प्रकाशित: १० माघ २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App