१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीको भारत भ्रमणमा को को जाँदैछन्?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी सामेल हुनेछन् ।

सार्क र विमस्टेक शिखर सम्मेलनबारे प्रधानमन्त्रीले छलफल गर्ने

रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक र सार्क शिखर सम्मेलनबारे भारत भ्रमणको क्रममा छलफल गर्ने बताएका छन्। संसदलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सार्क शिखर सम्मेलन गर्ने अवस्थामा पुगेर रोकिएको बताउँदै यी फोरमहरु वार्ता र तनाव समाधानका फोरम हुन सक्ने बताए।

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्। भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे।

के भन्दैछन् प्रधानमन्त्री संसदमा? (लाइभ)

प्रधानमन्त्री केपी शर्मा अोलीले आसन्न भारत भ्रमण र अन्य विषय बारे प्रतिनिधि सभामा जानकारी दिइरहेका छन् ।

मित्रता नै छिमेक नीतिको प्रस्थान विन्दु हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदको बैठकलाई सम्बोधन गर्दै आफ्नो भारत भ्रमणबारे जानकारी दिएका छन् ।

संसद्मा आज प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबार सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी २३ गते भारत भ्रमणमा जाने भएको छन्। त्यसपूर्व उनले संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री कार्यालयमा ११ महाशाखा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दर्जन महाशाखा हुने भएको छ। यसअघि ६ महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए।

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।

भारतसँगको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। जीतपुर–सिमरा उपमहानगरपालिकाको औराहा र डुमरवानामा निर्माण  गर्न लागिएको विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट प्रशोधन केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै ओलीले अहिले भारतसँग राम्रो सम्बन्ध रहेको बताउँदा धेरैले नपत्याए पनि वास्तवमै भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

पुनर्निर्माण प्रगतिमा प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए।

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने, मुख्य कार्यसूची के ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ।

प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको जबाफ कुर्दै शकुन्तला

झापा, दमक–३ की शकुन्तला दवाडीलाई वर्षौंदेखि समाजमा भन्ने गरिएको ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने उखान आफ्नै जीवनमा मिल्ला कि भन्ने आशा लाग्न थालेको छ।

खड्काकाे निधनमा प्रधानमन्त्री ओलीकाे श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्