२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।

अभिनेता नबनेको भए के बन्नुहुन्थ्यो ?
सायद म कुनै बिजनेस गरिरहेको हुन्थेँ । किनभने म म्यानेजमेन्टको विद्यार्थी हो । 

अभिनेता बनिसकेपछि तपाईं सबैभन्दा बढी के ‘मिस’ गर्नुहुन्छ ?
खासै मिस त केही पनि गर्दिन । सार्वजनिक जीवन अलिअलि मिस हुने रहेछ । पहिले जसरी खुलेआम जथाभावी हिँड्न÷भेट्न पाइँदैन त्यसमा भने दुःख लाग्छ ।

आफैँले गरेको मध्ये मन परेको चरित्र ? किन ?
‘प्रेमगीत’को प्रेम क्यारेक्टर नै हो । त्यो क्यारेक्टर एकदमै इनोसेन्ट थियो, अरुको भावनामा चोट पु¥याउन नचाहने । मान्छे भएपछि त्यस्तै हुनुपर्छ भन्ने लाग्छ । 

एउटा कुरा जेदेखि असाध्यै डर लाग्छ ?
मलाई बदनामीसँग डर लाग्छ । दुःखले कमाएको नाम बदनाम नहोस् भन्ने चाहन्छु । 

तपाईंको पहिलो जागिर र तलब कति थियो ?
कक्षा ७ मा पढ्दाखेरी म नेपाल वन च्यानलबाट प्रसारण हुने ‘भुराभुरीको हल्लाखल्ला’ कार्यक्रमको ‘चकचके’ भन्ने सेगमेन्ट चलाउँथे । त्यतिबेला एक एपिसोडको २५ सय गरेर महिनाको १० हजार थापेको थिएँ । सायद त्यही हो पहिलो कमाई । त्यसरी १ वर्षसम्म काम गरेँ । 

जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
एसएलसीको रिजल्ट आको दिन जिउन पाउने भए फेरि जिउथेँ । धेरै खुसी लागेको थियो त्यतिबेला । रिजल्ट पनि डिस्टिङ्क्सन आको थियो । 

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
अभिनयमार्फत अरुलाई खुशी बनाउन पाइन्छ, त्यो नै मनपर्छ ।  

के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
मान्छेहरुको एकले अर्कालाई खुट्टा तान्ने प्रवृत्ति देख्दा चित्त दुख्छ । एकअर्कालाई दुःख दिने भन्दा पनि सपोर्ट गर्नुपर्ने हो जस्तो लाग्छ । 

एउटा हाइपोथेटिकल प्रश्न गरौँ, यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
यो नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे । त्यसो भयो भने मान्छेले बढी जब पाउँथे । देशमा एकैदिन तीन गुणा बढी काम पनि हुन्थ्यो । 

तपाईंको अगाडि साँच्चिकै भुत प्रकट भयो भने के गर्नुहुन्छ ?
भाग्छु होला, असाध्यै डर लाग्छ । 

कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
ममाथि अरुले राखेको अपेक्षा पूरा गर्न पाएको बेला असाध्यै खुसी हुन्छु । जस्तो कि एसएलसीका बेला स्कुलबाटै मैले डिस्टिङ्सन ल्याउने अपेक्षा थियो । किनभने मेरो स्कुलमा डिस्टिङ्क्सन नआएको ७–८ वर्ष पुगिसकेको थियो । सबै खुसी भएका थिए । 

युवतीहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ? 
कलाकार हुनुअघि राखेको भए अर्कै महसुस हुन्थ्यो । अहिले त प्रस्तावलाई दर्शकको प्रेम र आशीर्वादका रुपमा हेर्छु । 

बिहे कहिले गर्ने ?
८–१० वर्षै लाग्ला । अहिले नै प्लान छैन । 

अफेयरमा हुनुहुन्छ ?
सिरियस अफेयरमा छैन (हाँस्दै) । 

हुनेवाला श्रीमती कस्तो होस् भन्ने चाहनुहुन्छ ?
मेरो कामलाई बुझ्ने समझदार होस् । उसलाई भन्दा पहिला मलाई राखोस्, म नि मलाई भन्दा पहिला उसलाई नै राख्न पाऊँ ।  

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
धेरैलाई थाहा नहोला मैले प्लस टु पढ्ने क्रममा बिहान म्यानेजमेन्ट, दिउँसो साइन्स गरेर दुइटा कलेजमा पढ्थेँ । रुचि म्यानेजमेन्ट पढ्ने थियो तर साथीहरुले डिस्टिङ्क्सन ल्याएर पनि साइन्स नपढेको भनेर गिज्याएपछि इखले त्यो पनि जोइन गरियो । सायद त्यो मेरो मुर्खता पनि होला !

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ? 
मैले अभिनय गरेको फिल्ममा हिन्दीमा डब भएर लागोस् भन्ने चाहना छ । कुनै दिन पूरा होला ।  

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मेरा ‘विल पावर’ र भगवानप्रतिको विश्वास नै मेरो शक्ति हो । 

तपाईको कमजोरी के हो ?
मान्छेहरुलाई छिटो विश्वास गर्नु नै मेरो कमजोरीजस्तो लाग्छ । 

प्रस्तुति : अनिल यादव

प्रकाशित: १९ चैत्र २०७४ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App