१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका बिषयमा छलफल भएको छ।

रामचन्द्र पौडेलले देउवालाई भने : प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन।

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विद्युत सम्झौता हुने भएको छ। जल, सिँचाइ तथा उर्जामन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोट पुगेर प्रधानमन्त्रीको भ्रमणमा चीनसँग गल्छी, त्रिशुली, केरुङ (रसुवागढी–केरुङ) अन्तरदेशीय प्रसारण लाइन विस्तारको सम्झौता हुने जानकारी दिएका हुन्।

पाकिस्तानमा प्रधानमन्त्रीपछि विदेश मन्त्रीलाई अयोग्य घोषणा

पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ।

गगनको प्रश्न– ‘प्रधानमन्त्रीज्यू समृद्धि र विकास कसका लागि ?’

नेपाली कांग्रेस नेता गगनकुमार थापाले समृद्धि र विकास सबैभन्दा तल्ला वर्गका जनताका लागि लक्षित हुनुपर्ने बताएका छन्।

मनमोहनको बाटाेमा नहिड्ने कम्युनिष्ट हुनै सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताएका हुन्।

देश विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको चरणमा रहेको र यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नागरिक नायक प्रधानमन्त्रीबाट सम्मानित

नेपाल रिपब्लिक मिडिया मंगलबारबाट ९ वर्ष पूरा गरी दशौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्यािउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

प्रधानमन्त्रीकाे व्यंग्य : तानाशाहीको लक्षण अझै देखिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको म‌गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।”

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजीनामा

हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजीनामा गरेका छन्। “वर्तमान अवस्थामा समस्या समाधानका कैयाैं उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भने, “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु।”

सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन्।

भारतीय प्रधानमन्त्री वैशाखको अन्तिम साता  नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखको अन्तिम साता नेपाल आउने भएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार मोदी वैशाख १८ गते नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले काठमाडौँ र जनकपुरको भ्रमण गर्नेछन्।

शैक्षिक सुधारका लागि प्रधानमन्त्रीको अग्रसरता आवश्यक : भट्टराई

प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराईले सामुदायिक बिद्यालयको अवस्थामा सुधार ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता आवश्यक रहेको बताएका छन्। उनले बिद्यार्थी भर्ना कार्यक्रम जस्तै सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि आमूल परिवर्तन दिने गरी कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण् गरेका छन्।

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गफ हाक्न नभई काम गर्न आएको टिप्पणी गरेका छन्। यो सरकार गफ गरेर चर्चा कमाउने भन्दा जनताको काम गर्न आएको उनको भनाई थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्