६ आश्विन २०८१ आइतबार
image/svg+xml

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा झन्डै एक खर्ब राजस्व सङ्कलन

मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा झन्डै एक खर्ब राजस्व सङ्कलन गरेको छ।

वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

वीरगञ्जलाई प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो।

६५ अर्वको इन्धन आयात

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ।

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।

रसुवागढी आइसिपीको ५८ प्रतिशत काम सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५८ प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको साढे २ वर्षमा करिब ५८ प्रतिशत काम सकिएको हो।

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।

रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।

रसुवागढी आइसिपीको ५० प्रतिशत काम सकियो

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५० प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको दुई वर्षमा उक्त प्रगति भएको हो।

आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

कोरोना संक्रमणका कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो।

विदेशकै जस्तो बेलहिया–बुटवल सडक

६ लेनको फराकिलो सडक । दाँयाबाँया सर्भिस लेन । पैदल यात्रुका लागि दुवैतर्फ फुटपाथ । मुख्य र सर्भिस लेनको बिचमा बनाइएको हरियाली फूलबारी । ठाउँठाउँमा बाटो क्रस गर्न बनाइएका अपांगमैत्री आकासे पुल ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्